9 Baishak, 2075 | 22 April, 2018 Sunday
गजल - स्माइल गजुरेल
2018-04-13 | कोसेलीन्युज

गजल 


गजल

नशा नशामा तिमी छेउ र पो म जीवित छु ;

तिम्रो जीवन मलाइ देउ र पो म जीवित छु ।१।


तिम्रो अोठमा खुशी ल्याउन सयौँ पटक मर्छु ;

मुटुको कुना- कुना रहेउ र पो म जीवित छु ।२।



जंगली जन्तु पनि रतिन्छ माया पायो भने ;

तिमी मानव प्रेमी भएउ र पो म जीवित छु ।३।



अाफु जस्तै मलाइ पनि सोचेर हेर प्रिया ;

रगतको कण कणमा बगेउ र पो म जिवित छु ।४।


सफल बन्न साथ दियौ भने पक्का सफल हुन्छु ;

यस्तै अाशा र भरोसा सियेउ र पो म जिवीत छु ।५।

स्माइल गजुरेल