9 Baishak, 2075 | 22 April, 2018 Sunday
हरी कृष्ण न्यौपाने--सन २०११मा खुलेको आममाफीको ७ बर्ष पछी कुवेतमा अबैधानिक रुपमा बसेका आप्रबासीलाई कुनै पनि जरिवाना र सजाँय बिना(चोरी वा अन्य केही जघन्य अपराध लागेका बाहेक) सजिलै घर फर्किन कुवेत सरकारले दिएको ३ महिने आममाफीको अबसर आगामी २२ एप्रिल, २०१८ रातीको १२:०० बजे सकिदै छ।लामो समयको पर्खाइ पछी यसरी बिना सजाय घर फर्कन पाउने तथा यो अबधीमा गएका आप्रबासीहरु पुन: कुवेत तथा अन्य खाडी मुलुकहरुमा फर्किन पाउने भएकाले पनि यो आममाफीको समयलाई सदुपयोग गर्दै कुवेत छोड्ने आप्रबासी कामदारहरुको संख्या बढी रहेको छ।त्यसै गरी आफुले तिर्नु पर्ने जरिवाना तिरेर भिसा लगाउदै सम्पूर्ण प्रकृया पुरा गर्दै बैधानिक बन्न चाहने आप्रबासी कामदारहरु पनि उक्त प्रकृयाको लागि लागिरहेका छन।
 
यसै बिच नेपाली दुताबास कुवेतले एप्रिल ११,२०१८ बुधवार सम्म ३६०६ (तिन हजार छ सय छ)जना अबैधानिक नेपालीलाई यात्रा अनुमती पत्र प्रदान गरेको छ।जसमा महिला-२१४७, पुरुष-१४२० रहेका छन।यसै गरी अबैधानिक रुपमा जन्मेका,बाबु-आमाको बैधानिक विवाह दर्ता वा कागजात बिना जन्मिएका २२ जना बालक र १७ जना बालिकालाई समेत घर फर्काउनको लागि दुताबासले यात्रा अनुमती पत्र दिएको छ।   
 
 
नेपाली दुताबासका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकम संग भने" कुवेत सरकारले अनुमानित ४५००(चार हजार पाँच सय) अबैधानिक नेपाली कामदारहरु कुवेतमा रहेको हुनसक्ने बताए पनि एप्रिल ११ बुधबार सम्म नेपाली दुताबासले ३६०६ (तिन हजार छ सय छ) यात्रा अनुमती पत्र बितरण गरेको छ।"उनले थपे"आममाफीको समय २२ एप्रिल राती १२:०० बजे सम्म भए पनि यात्रा अनुमती पत्र तथा कुवेतको जवाजत(यात्रा अनुमती पत्र लिने ब्यक्तिको बारेमा कुनै मुद्दा भए नभएको हेर्ने ठाउँ)बाट सबै प्रकृया मलाउन १-२ दिन लाग्ने छ। एप्रिल २० र २१ तारिक(शुक्रबार-शनिबार)कुवेतमा सार्बजानिक बिदा भएकोले दुताबासले त्यसको १-२ दिन अघी सम्म यात्रा अनुमती पत्र लिएर सम्पूर्ण कानुनी प्रकृया पुरा गर्दै हवाइ टिकट लिएर घर फर्किन सबै अबैधानिक नेपालीहरुलाई आग्रह गर्दछु।“
 
दुताबासले यात्रा अनुमती पत्र जारी गरेका सबै फर्की सके त? भन्ने प्रश्नमा प्रथम सचिब लिङ्देनले भने"को-को र कती जना फर्किए भन्ने आधिकारीक जानकारी नभए पनि आममाफीको अबधीभरमा कुवेतको जवाजतले कुनै मुद्दा नभएको भनिएका र दुताबासले यात्रा अनुमती पत्र दिएको केही कामदारहरुको चोरी मुद्दा तथा मोबाइल वा कुनै पनि सामाग्रिहरु किस्ताबन्दीमा लगेर पैसा नतिरेकाहरुलाई भने कुवेत एयर्पोर्टबाट फर्काइएको छ।उनिहरुले उक्त बाँकी पैसा बुझाएर आममाफीकै समय भित्र फर्किन पनि पाउनेछन।" लिङ्देनले थपे"नेपाली दुताबासले यस आममाफीको समयलाई सदुपयोग गर्दै आफ्नो देश फर्किन कुवेतमा रहेका सम्पूर्ण अबैधानिक नेपालीहरुलाई बिभिन्न माध्यमबाट बारम्बार अनुरोध र अब्हान गरिरहेको छ।"साथै सबै प्रकृया पुरा गरेर भिसा लगाउदै बैधानिक बन्नेको बिबरण दुताबासलाई नआउने भए पनि यस सुबिधाको सदुपयोग गर्दै बैधानिक भएर कुवेतमा काम गर्न दुताबासले सबैलाई सुचित गरेको प्रथम सचिबले बताए।
 
त्यसै गरी कुवेतको गृह मन्त्रालयले बिभिन्न सुचनाहरु जारी गर्दै यो आममाफीको सदुपयोग गर्दै कुवेत छोडन वा कानुनी प्रकृया पुरा गरेर बैधानिक बन्न सबै अबैधानिक आप्रबासी कामदारहरुलाई आब्हान गरेको छ।साथै आममाफी पछी कुवेत सरकारले कडाइका साथ चेक-जाँच शुरु गर्ने र यदी अबैधानिक रुपमा लुकेर वा भागेर बस्दै काम गर्ने आप्रबासी कामदारहरुलाई पक्राउ परेमा कानुन बमोजिम कारबाही गर्दै कालो सुचीमा राखेर देश निकाला गरिने जनाएको छ।