9 Baishak, 2075 | 22 April, 2018 Sunday
हरी कृष्ण न्यौपाने-कुवेतमा सर्लाहीकी बुद्दी माया गोलेको सडक दुर्घटनामा परी निधन भएको छ । 

सर्लाही घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत ३२ वर्षिया बुद्दीमाया गोलेको गत एप्रिल ९,२०१८ सोमबार कुवेतको जाहारामा सबारी दुर्घटना हुँदा घटनास्थलमै निधन भएको हो ।

घटनामा परी उनी कार्यरत घरका बच्चा समेत घाईते भएका छन।

घटना बारे नेपाली दुताबासमा प्रारम्भिक जानकारी प्राप्त भएको तर बिस्तृत जानकारी आई नसकेको नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकमलाई  जानकारी गराए ।  मृतक गोलेको शव जाहारा अस्पतालमा राखिएको छ ।