9 Baishak, 2075 | 22 April, 2018 Sunday
प्रेम नाथ पौडेल 
धनुषामा गत चैत्र २७ मंगलबार  भूमिहिन सुकुम्बासीको क्षेत्रमा काम गर्दै आएको रास्ट्रीय भूमिअधिकार मन्च दुई नम्बर प्रदेशले मुख्य मन्त्रीलाई हलो कोदालो उपहार दिएका थिए ।
सोमबार दुई नम्बर प्रदेश स्तरिय मन्चका अध्यक्ष फौद्द सिंह स्याङ्ग्बोको नेतृत्वमा जनकपुर पुगेका मन्चका पदाधिकारीहरुले मुख्य मन्त्री मोहमद लालबाबु राउतलाई हलो कोदालो भूमि सुधार तथा कृषि मन्त्री सैलेन्द्र प्रसाद साहलाई जमिन घर र दाना नलागेको मकैको घोगा र बन तथा वातावरण मन्त्री राम नरेश रायलाई सोमबार मन्त्रालयमै भेटी वनको संरक्षण गर्नकालागि विरुवा उपहार प्रदान गरेका हुन ।
दुई नम्बर प्रदेश स्तरिय कमिटीको पहिलो बैठकले निर्णय गरे अनुरुप मुख्य मन्त्री मोहम्मद लालबाबु राउतलाई गरिब भूमिहिन सुकुम्बासीको समस्या पहिचान र उनीहरुको व्यवस्थित वसोवासको लागि ध्यानाकर्षण गराउँदै ८ बुँदे ध्यानाकर्षण पत्रका साथै सुकुम्बासीको व्यवस्थित वसोवास र बिना विकल्प सुकुम्बासीलाई नहटाउन माग गर्दै उपहार प्रदान गरेका थिए ।
भूमी अधिकार मन्चले विगत १३ वर्ष देखि भूमिहिन, सुकुम्बासी, ऐलानी हरुवा-चरुवा, मोहियानी, गुढी, चुरे क्षेत्रमा बसेकाहरुको हक अधिकार दिलाउने काम गर्दै आएको छ ।
भूमिहिन सुकुम्बासीको उपहार ग्रहण गर्दै मुख्य मन्त्री राउतले यो समस्या दुई नम्बर प्रदेशको मात्र नभै देशको नै समस्या रहेको र देश संघियतामा गएसंगै अब प्रदेश सरकारले निति बनाई सुकुम्बासीको उचित ब्यबस्थापन गर्ने प्रतिबद्द्ता जनाएका छ्न ।
त्यस्तै बन मन्त्री रायले उचित निति निर्माणसंगै सुकुम्बासी र हुकुमबासीको पहिचान गरि उचित ब्यबस्थापन गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।
यस्तै भूमि सुधार तथा कृषि मन्त्री साहले आफुले सुकुम्बासीको आय आर्जन र जीविकोपार्जनका साथै नयाँ संम्रचनाको निर्माणसंगै जोतभोग र बास्तबिक सुकुम्बासीको पहिचान गर्दै उनीहरुको सहि तथ्याङ्क निकाली काम अघि सार्ने र ठोस निति बनाएर मात्रै सुकुम्बासीलाई अन्य स्थानमा वसोवासको लागि कदम चाल्ने हुँदा त्यसको लागि निर्धक्क रहन आग्रह गरेको मन्चका प्रदेश समितीका उपाध्यक्ष रमेश प्रसाद सापकोटाले बताएका छन ।

स्रोतः सर्लाही खोजखबर