गजल
दिनहुँको हिंसाले आँखा टिलपिल भएको छ
मौनतामा मेरो देश सधैं शिथिल भएको छ ।
जति बुझ्यो उति बुझ्न कठिन यो जिन्दगानी
मेरो सिंगो जिन्दगी नै तपसिल भएको छ ।
जिब्रो भन्दा धारिलो हतियार अरु के होला खै?
अचानो नै यहाँ खुकुरीको वकिल भएको छ ।
बदलियो सबै थोक समय अनुकूल नै
पीड़ा भोग्ने त यही निर्दोष दिल भएको छ
थाहा छैन कैले सम्म दुख्नुपर्छ अझैं मैले
प्रवासको बसाई यो झनै मुस्किल भएकॊ छ ।
भगवती बस्नेत
सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
राप्ती एकता समाज कुवेतको अध्यक्षमा कृष्ण बहादुर खड्का
पक्राउ परेपछि दीपक मनाङेले भने, 'मलाई वकिलले डुबाए, अदालत जानुपर्ने, यता (हिरासत)मा पो आउनुपर्यो'
राप्ती भेरी कर्णाली एकता समाज कुवेतको कार्यबाहक अध्यक्षमा नबराज आचार्य
कुवेतमा सांस्कृतिक मंचको १७ आै तीज धमाका हुने
अतिथि कलाकारहरुको साथमा कुवेतमा किरातीहरुले उभौली/ याक्वा तङ्नाम/ सालिवा श्याँदर पीदार मनाईने