9 Baishak, 2075 | 22 April, 2018 Sunday
बसन्त थापा-कुवेतको महाबुल्ला-२ स्थित झाडीमा आयोजित अन्तर नेपाली भलिबल प्रतियोगितामा कल्याणकारी युबा समाजले जित हात पारेको छ।खेल हिजो  एप्रिल-६,शुक्रबार-२०१८का दिन अल्गानियम टिमले आयोजना गरेको थियो।
 
तीतोपाटी डटकमसंग कुरा गर्दै कल्याणकारी युबा समाज कुवेतका उपाध्यक्ष तथा भलिबल खेलाडी सुबास श्रेष्ठले भने"हिजो आयोजित अन्तर नेपाली भलिबल प्रतियोगितामा कुवेतमा रहेका ६ वटा टिमको बिच प्रतिस्पर्धा भएको थियो।"श्रेष्ठका अनुसार आयोजक अल्गानियम र कल्याणकारी बिचको फाइनल खेलमा कल्याणकारी युब समाजले जित हासिल गरेको हो।
 
बिजेतालाई नगद पुरस्कारको ब्यबस्था गरिएको थियो।