9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी डट कम- हात्ति आयो हात्ति आयो फुस सबै जनताहरुले निक्कै आशा गरेको थियो बाम गठबन्धन सरकारले देशमा केहि अमुल परिवर्तन गर्छन भनेर, तर बाम गठबन्धन सरकार जत्ति मच्चिए पनि ति सरकारले गरेका बाचाहरु तोकेको समयमा हुन नसक्दा त्यस बाचाहरु बाट प्रभावित भएर जनताहरुमा जुन् आशा जागेका थिए ति सबै आशा भरोशाहरु भॉंडमा गयो भन्दा फरक नपर्ला  किनकी यहॉ राष्ट्रिय एकता खलबल्याईएको छ, भने अर्को तिर देशलाई बिफल पार्ने बिदेशि शक्तिहरु सल्बल्याईएका छन ।


संगै सामाजिक सत्भाव छताछुल्ला हुने खाले कार्ययोजनहरु बनाई रहेको छ। हो मेरो यस कुराहरुको खण्डन गर्दै कसैले के सरकारले तिमीले भने जस्तै कार्य योजना तय गर्नु पर्ने ? भनेर प्रस्न गर्छन् भने त्यहि कुरा दोहोरएर भन्न चाहान्छु। अबस्य पनि मैले मात्रहैन हरेक देशवासिले भनेबमोजिमकै कार्ययोजना बनाएर सरकार अगाडी बढ्नु पर्छ। तबमात्र देशमा शान्ति शुसासन कयम हुन्छ। सबैकुराको एउटा सिस्टम तरिका हुन्छ।


कामकुरो एकतिर कुम्लोबोकि ठिमीतिर"भनेजस्तै राज्यको ढुकुटी रितो भनेर अर्थमन्त्रि ज्यु ले घोषण गरिरहदा अर्कोंतिर राज्यको ढुकुटीबाट लाखौ खर्चेर राष्ट्र प्रमुख ज्युले सलामिको नाममा सर्वसाधारण लाई दु: दिईरहेको छ।


के सम्मानको नाममा राज्यको ढुकुटीबाट लाखौ खर्चेर अथह शक्ति आसेपासेको प्रदर्शन गर्दा देश समृद्ध बन्ने हो हरेक नेपाली जनताहरुले यस प्रस्नको उतर खोजिरहेको छ। सम्मानित पदमा पुगेपछि पुरान दिनहरुलाई बिर्सनु अति अब्यबहारिक हो भन्ने सबैको ठमम्याई रहेको छ। अर्कों कुरा यो गठबन्धनले सत्ता सम्हाले पछि १३ जना भन्दा बढ़ी युबति तथा नारीहरु बलात्कृत् भएका छन् बलात्कार पछी हत्यासमेत गरेका छन्।


भने अर्कों तिर धेरै जना बेक़सूर ब्यक्तिहरुको हत्या भएको छ।गृहमन्त्री ज्यु ले यस घटनाको ढाकछोप गर्न लागि परिरहनु भएको ,एक मुष्ट रुपमा हेर्दा पहिलेको तुलनामा अपराधिको सांख्य बढेको छ।


बोक्सिको आरोपमा दर्जनौ महिलाहरु माथि दुरब्यबहार तथा अत्यचार भएको छ। तर राज्य प्रसासन यस्ता अपराधिक कृयाकलाप हरुलाई नियन्त्रण गर्न दिनानु दिन पुरा असफल हुदैजाने क्रम जारी छ। त्यसो ति गठबन्धन ले सरकारमा जानुभन्द पहिले यसो गर्छु उसो गर्छु भनेर आस्वासन दिईकैहो, भ्रष्टचार शून्य पार्छु भनेकै हो,भनिरहेकै , तर गर्ने चॉहि कहिले सरकार अझै  कति कुर्नु पर्ने हो  सबै जनताहरुले यो प्रस्नको उतर चहान्छ।


माननीय मन्त्रीहरु त्यसै त्यो ठॉंउम पुगेको हैन हरेक जनताहरुले भोट दिएर जिताएर त्यस सम्मानित ठॉऊमा पुर्यईएको हो यो कुरा माननीय हरुले कदापि भुल्नु हुदैन। त्यसैले निश्चित रुपमा सबैजना ले बुझिसकेको यो सरकारले केको समर्थन प्रोत्साहन गरीरहेको भनेर, आधुनिक युगमा परिवर्तन भएरै छड्छ तर परिवर्तन को नाममा देशले फेरिपनि १० बर्षे जनयुद्ध वा जनान्दोलन जस्ता दुर्घटनाको सामाना गर्नु पर्यो भने यो देशको लागि धेरै दु: को कुरा हुनेछ।


एउटा भनाई ,घर झगडा भयो भने छिमेकिले सुझाप दिन्छ भन्ने हो अहिले यूरोपियन यूनियन को प्रतिबेदन काण्डा यस्तै भएको , नेपालको लागि,तर सिंघसनमा रहेको ज़िम्मेवार ब्यक्तिहरुले भनिरहेका छन्। डलरको खेतिगर्ने हरुको समर्थनले गर्दा यूरोपियन युनियनले नेपालको सर्बभौम माथि अॉंचपुग्ने खाल्को प्रतिबेदन तयार पार्ने दुसप्रयास गर्यो भनेर, तर यि ज़िम्मेवार ब्यक्तिहरुले कहिलै भन्न सकेको छैन हाम्रो देशमा राष्ट्रीय एकता को बिषयमा केहि सम्बेदनसिल अान्तारिक त्रुटिहरु सच्याउन ज़रूरी छ। जसको कारण केहि पक्ष्य रुष्ट छन्।


त्यहि ब्यक्ति समूहको बुई चढेर बाहिरी सक्तिहरुले नेपाल को आन्तरिक मामलामा हात हाल्ने दुसप्रयास गरिरहेको भनेर।बिभिन्न बिज्ञहरुको भनाई हामिले पढेका छौ, राष्ट्रीय भबना हरेक ब्यक्तिको मन भित्रबाट आउनु पर्छ तबमात्र राष्ट्रिय एकता बलियों हुन्छ। दण्डित गरेर या बमबारुदका साथ कठोर शासन लादेर हैन,राजनीतिको खासकेहि माँग मुद्धहरु हुन्छन्।


यो कहिलै सकिदैन तर त्यस भित्र कुनै यस्तो सम्बेदनसिल मुद्धहरु हुन्छन् त्यसलाई समेट्न नसके देशमा मुठभेड़ पैद हुन्छ। यस बिषयमा पनि यो सरकार असफल देखिन्छ। भ्रष्टचारी कमिशन बादी कर्मचारी तन्त्रले चुसेर खोक्रो पारेको देश जसोतसो रेमिटन्सले धानेको छ। हो ६० हजार भन्दा बढी युवाहरु खाडीको तातो घाममा धेरैजनाको संख्यमा अन्य मुलुकहरुमा पैसा संग आफ्नो रगत पसिना साटिरहेको छ। आफ्नो जिबिको आर्जनको लागि, बास्तबमा भन्ने हो भने रगत पसिनाले साटेको रेमिटेन्सले नै हो देश धानेको, अहिलेको परिस्थितिमा,तर बिडम्बन आज तिनै मेहनेति ब्यक्तिहरु माथि राज्यले गिद्धे नजर लगाउन सफल भएको छ।


त्यसो बिभिन्न ठॉंऊहरुको नाकामा भन्सार चुहवट भएको सत्य समचॉरहरु देशको राष्ट्रिय संचार मध्यमहरु बाट बहिर आईरहदा, देश भित्र भैरहेको भ्रष्टचार रोक्न नसक्ने सरकारको गिद्धे नजर दलेहरुले ठग्न सम्म ठगेर शेष पारेपछि बाध्यभएर ५५ डिग्रि घाम नभनि दु: गरीरहेको दु:खी पिडिहरु माथिनै किन?के बर्सौ टाढिएर बस्दाको पिडाहरु भुलाउन आफ्नो प्यारीलाई वा आफन्ताहरुलाई मायाको चिनो श्वरुप एउटा मोबाईल गिफ़्ट दिदा देशै बर्बाद हुने भयो अब सरकारको यो सबै क्रियाकलाहरु देखेर आज स्याबास भन्न मन लागेको छ।


तिनै जनताहरुले जिताएर पठाएको हो अब कति सक्छौ डस,यसो भनिरहदा यो सरकार नै भताभंग होस भन्न खोजेको हैनदेशको नेतृत्वलाई बिपक्षमा रहेर गरिएको समर्थन हो,भलै भोलिका दिनहरुमा कुनै मन्त्रालय सम्हालेका मन्त्रीहरुले राम्रो काम गरेर देखॉउलन त्यो कुराहरु अलगै छन्। तर अहिले मुख्य ज़िम्मेवार ब्यक्तिहरुले नेतृत्वलाई कुन् दिशातिर लिएर जॉंदैछन् भन्नेकुराको मुख्य बिषयमा बहस तथा बिस्लेशन मात्र गरिएको हो।


हामिले भन्न खोजेको हकअधिकार कानुनि सम्मानको तरजुमा बसै बराबरी होस कोई तलामाथि नहोस, सबै बर्गलाई मिलाएर जानुनै अहिले को आवश्यक हो । जय नेपाल। 


किरण तामांग- कुवेत