9 Baishak, 2075 | 22 April, 2018 Sunday
विश्व स्वास्थ्य दिवस
2018-04-03 | तीताेपाटी डट कम
केदार नाथ खरेल-
          सर्वप्रथम १९४८ अप्रिल ७ मा स्वीजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठन (WHO) को स्थापना भएको थियो । विश्व स्वास्थ्य संगठन (WHO) ले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठनको विधानलाई ७ सेप्टेम्बर १९४८ मा ६१ देशहरूले हस्ताक्षर गरेर अनुमोदन गरेको थिए, २४ जुलाई १९४८ मा सम्पन्न विश्व स्वास्थ्य परिषदको पहिलो बैठक संयुक्त राष्ट संघमा भएको थियो । विश्व स्वास्थ्य संगठन (WHO) मा International D’Hygiene Public and the League of Nations Health Organization. Since its creation मा आवद्ध भएपछि खास गरी औलो उन्मुलन कार्यमा धेरै ठूलो योगदान दिएको थियो यसैगरी HIV/AIDS, Ebola, malaria and tuberculosis जस्ता प्राण घातक बिमार नियन्त्रण गर्न ठूलो योगदान दिएको छ । विश्व स्वास्थ्य रिपोर्ट, विश्वव्यापी विश्व स्वास्थ्य सर्वेक्षण र विश्व स्वास्थ्य दिवसको लागि जिम्मेवार छ। (WHO) को महानिदेशक टेड्रो एडानम हो जुन १ जुलाई २०१७ को आफ्नो पांच वर्षको अवधिको शुरुवात गर्यो ।

        विश्व स्वास्थ्य संगठनका विश्वव्यापी शाखाहरु अनि सरकारहरुले यस वर्षको ७ अप्रिलको दिवसमा विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा स्वास्थोपचारको समान पहुँचको आवश्यक्ता औंल्याउनका लागि, यस वर्ष (२०१८) सालको विश्व स्वास्थ्य दिवसको नारा भने युनीभर्सल हेल्थ कभरेज अर्थात सर्वव्यापी स्वास्थ्य सेवामा पहुँच भन्ने रहेको छ । 

         भौगोलिक वातावरणले गर्दा कुनै ठाउँ सुगम भएपनि कतिपय ठाउँ दुर्गम छन्, जहाँ बस जान सकेको छैन, ति ठाउँमा बिरामी पर्दा सामान्य औषधी सिटामोल पनि पाउन कठिन हुन्छ।  घन्टौं कुरेर डाक्टर र स्वास्थ कर्मचारीको छिछि, दुरदुर सहेर उपचार गराउने देखि घरघर मै अनि विदेश गएर सामान्य रोग र समस्या उपचार गर्नेहरु हाम्रै देशमा छन् । निजी क्लिनीक र सरकारी अस्पतालको सेवा सुविधामा भएको आकाश जमिनको फरक अनि स्वास्थ्य पेशा कै व्यवसायीकरणले नेपालीहरुको स्वास्थमा पहुँच भयानक रुपमा नराम्रो छ । यहाँ स्वास्थ्य चौकीहरु छन् तर सुविधा छैन, अस्पताल छ तर डाक्टर छैनन् अनि डाक्टर भईहाले पनि उपकरण र प्रविधि छैन ।  पैसा र पहुँच हुनेहरुले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न पाएका छन् भने जो गरिव निमुखा छन् उनीहरु सामान्य औषधी पनि नपाएर ज्यान गुमाएका छन् । तर कुनै डाक्टर यस्ता महान र आदर्श डाक्टरहरु पनि छन् जसले बर्खाको साउने भेलमा पनि आफ्नो ज्यानको बाजी लगाएर जनताको सेवाको लागि ति दुर्गम गाउँमा जान्छन् । तिनै महान व्यक्तिहरु मध्ये डा.गोबिन्द केसी पहिलो नम्बरमा पर्छन् । स्वास्थ्य क्षेत्रमा सुधारका लागि उनले जेजति योगदान र त्याग गरे अहिलेसम्म कुनै पनि डाक्टरले गर्न सकेका छैनन् । उनको सहाँस र कार्यलाई केही अरु डाक्टर तथा नर्सले पनि साथ दिए साथै जनताले पनि उनको मागलाई जायज मानेर समर्थन गरेका छन् ।

          तर केही डाक्टरहरु यस्ता पनि छन् जसले जति सुविधा पाउँदा पनि दुर्गम स्थानमा जान अटेर गर्दछन् । डाक्टरहरु तोकिएको ठाउँमा गएको वा नगएको सरकारले पनि अनुगमन गर्दैन। महिनामा एक पटक गएर सामान्य औषधी पियनलाई छोडेर फर्किन्छ। कतिपय ठाउँमा त छ महिना पनि एक पटक पुग्दैनन् डाक्टरहरु तर पनि तलब सेवा सुविधा पाएकाछन् । वाह कस्तो बिडम्बना छ हाम्रो देशको सरकार र त्यसै अन्तर्गत रहेका सचिवालयहरु जसले जे गरेपनि केही सोधखोज हुँदैन। कानमा तेल हालेर बस्ने कि जनताले सेवा सुविधा पाएका छन् कि छैनन् भनेर नियमित अवलोकलन गर्ने ? 

         अब सरकारले देशको हरेक अफिसमा फिंगर सिस्टमले हाजिर लगाउने नियम अनिवार्य गरे कर्मचारीले जनता र देशलाई ठगेर घरमा बसेर तलब लिन पाउने थिएनन् । हाल पनि कतिपय दुर्गम ठाउँका कर्मचारीहरु दैनिक हाजिर हुँदैनन् र महिना भरिको हस्ताक्षर एकै पटक गरेर प्रतिवेदन बुझाएर तलब सुविधा लिने गरेको स्थानियहरुको गुनाशो छ तर यो कार्य सरकार तथा सम्बन्धित निकायले ध्यान नदिंदा भएको हो । सरकारले अनुगमन गरोस् र लेखेर होइन विद्युतिय फिंगर प्रणाली अनुसार हाजिर रेकर्ड राख्ने व्यवस्था यथासिघ सञ्चालनमा ल्याइयोस् । अन्यथा पुरानो परम्परा कायम नै रहने छ र जनताले अस्पतालको सुविधा पाउनु भनेको “आकाशको फल आँखा तरी मर” भने झैं नहोला भन्न सकिंदैन ।