9 Baishak, 2075 | 22 April, 2018 Sunday
चन्द्र बिश्वकर्मा - नेपालीजनप्रगतिशिल मन्च ओमनको वृहत बन भोज तथा सम्मान कार्यक्रम मार्च १६ शुक्रबारको दिन ओमनको शिव फलोरा हाउसमा भव्य र शब्य रुपमा सम्पन्न भएको छ । 

सस्थाका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मञ्चका वरिष्ठ सल्लाहकार एन आर एन आइ सि सि का सचीव डिबि क्षेत्री रहेका थिए  । त्यसै गरि विशेष अतिथिमा ओमन पार्टी कमिटी शाखाका  अध्यक्ष पदम प्रसाद अर्याल र  अतिथिहरुमा  एन आर एन सोसल क्लब ओमनकाअध्यक्ष दिपक श्रेष्ठ ,समाज सेवि ओमकारतामाङ्ग, प्रवासी नेपाली मञ्चका अध्यक्ष सोम श्रेष्ठ , नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, मञ्चका खेलकुद बिभाग सम्योजक विशालसुब्बा, सल्लाहकार गुणहरी अधिकारी, भरतअधिकारी, ज्ञानेन्द्र खनाल रहेका थिए । 

कार्यक्रम सन्चालन संस्थाका सचीव तथा प्रचारप्रसार बिभाग प्रमुख पूर्ण बहादुर विश्वकर्माले गरेका थिए । सस्थाका वरिष्ठ उपाध्यक्ष हेम आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

ओमानलाई कर्मथलो बनाइ लामो समयदेखि  उदाहरणीय कार्य गर्दै आइरहेका सस्थाका वरिष्ठ सल्लाहकार, समाजसेवी  तथा एन आर एन आइ सि सि का सचीव डिबि क्षेत्रीलाई दोसल्ला र  सम्मान पत्र सहित सम्मान गरेको थियो । त्यसै गरि समाजसेवी ओमकार तामाङ्ग लाई पनि सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।

मन्चका खेलाडी तथा मन्च  लाई हृदय देखिनै सहयोग गर्ने सहयोगी सानू भाइ कार्की, चक्र तामाङ्ग, संतोषजनक मल्ल, धनबहादुर छन्त्याल, बसन्त सुब्बा, दिपक कुमार थापा, गौतम श्रेष्ठ , कमल कटुवाल र यादव बुढाथोकीलाई पनि सम्मन सम्मान गरेको थियो । मन्चका खेलाडी कमल कटुवाल र गौतम श्रेष्ठलाई बिदाइ पनि गरेको थियो । 

प्रमुख अतिथि एनआर एन आइ सि सि सचीव डिबि क्षेत्रीले ओमन लगायत खाडी राष्ट्रमा नेपालीहरुले भोग्नु परेको समस्या लगायत अब हुने दुइ वटा मन्चको एकता निकै महत्त्वपूर्ण रहने बताएका थिए । कार्यक्रममा अन्य अतिथीहरुले पनि मन्तव्य राखेका थिए ।

जनप्रगतिशिल मन्चको रिक्त रहेको पदमा  मन्चका केही पदाधिकारीहरु लाई थपघट गरेको छ । महासचिव पदमा सचिव रामसिङ्ग तामाङ्ग, सचिबमा प्रचारप्रसार बिभाग प्रमुख तथा मिडिया सम्योजक पूर्ण बहादुर विश्वकर्मा, सहसचीवमा केन्द्रिय सदस्य धनबहादुर छन्त्याल, केन्द्रिय सदस्यमा याम सुनारी मगर र  सुवास चन्दलाई मनोनीत गरेको छ । त्यसै गरि भुतपुर्व महासचिव र केन्द्रिय सदस्य लाई मञ्चले अनुशासन कार्वाही गरेको पनि जनाएको छ ।

नेपालमा माओवादी र एमाले एकता प्रक्रिया चलिरहेको हुँदा  मन्च  द्वारा पनि एकता समायोजनमा ९ जनाको समिती चयन गरेको छ ।

एकता समायोजन समितीमा सम्योजक उमेश विश्वकर्मा, पदम प्रसाद अर्याल, तुलागिरि , राम सिङ्ग तामाङ्ग, पूर्ण बहादुर विश्वकर्मा , चक्र तामाङ्ग, हेमआचार्य , ज्ञानेन्द्र खनाल र कमला तामाङ्ग रहेका छन । 

अन्त्यमा कार्यक्रमको समापन गर्दै सस्थाका  अध्यक्ष उमेश विश्वकर्माले यस वृहत् बनभोज तथा सम्मान कार्यक्रममा उपस्थिति भएका र  मन्च  प्रती आस्था राख्ने कमरेड लगायत  ओमनमा  रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लाई  अत्यन्तै कार्यव्यस्थताका बाबजुद पनि  निमन्त्रणा लाई  सहर्ष स्वीकार गरि उपस्थिति जनाएकोमा धन्यवाद व्यक्त गरेका थिए ।