9 Baishak, 2075 | 22 April, 2018 Sunday
केदार नाथ खरेल-  

                १६ मार्च २०१८, कुवैत, वातनिया एयरलाइन्सले यात्रीहरुलाई परेको असुविधालाई ध्यानमा राखी २६ मार्च २०१८ देखि हालको उडान समय तालिकालाई परिवर्तन गर्ने भएको छ ।

१३ डिसेम्बर २०१७ बाट कुवैतबाट काठमाण्डौ सिधा उडान गर्न थालेको वातनिया एयरलाइन्सले कुवैतबाट १५:३० दिउसो उडान हुने र २३:०० बजे राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने गर्दथ्यो। रातीको समय काठमाण्डौमा अवतरण हुँदा यात्रुलाई धेरै कुराको समश्या झेल्नु परेको थियो ।

राजधानी भन्दा बाहिरका यात्रुहरुलाई गन्तव्य स्थानमा पुग्न रात्री सेवा पनि नमिल्ने र आधा रातमा लज पाउन पनि कठिन हुन्थ्यो । यदि लज पाइहाले पनि महंगो भाडा लिने गरेको गुनासो आउन थालेपछि वातनिया एयरलाइन्सले यात्रीहरुलाई परेको असुविधालाई ध्यानमा राखी २६ मार्च २०१८ देखि सो समय तालिकालाई हेरफेर गरेर कुवैतबाट राती ०१:१५ मा उडान हुने र काठमाण्डौंमा बिहान १०:०० बजे अवतरण हुनेछ । 

यो समय भनेको राजधानी भन्दा बाहिर रहेका यात्रुहरुले लजमा बस्नु पर्ने बाध्यता पनि नहुने साथै आफ्नो गन्तब्य यात्राको लागि बस तथा अन्य यातयात सुविधा पाउन सक्छन् ।