12 Jestha, 2075 | 26 May, 2018 Saturday

छबिराम सुनार - कुवेतको प्रतिष्ठित कम्पनी अल मुल्ला मनि एक्सचेन्जको उच्च स्तरीय प्रतिनिधि मन्डलले हिजो  नेपाली राजदुत महामहिम यज्ञ बहादुर हमालकै कार्यलयमा विशेष भेटघाट गरेको छ । उक्त विशेष भेटघाटमा राजदुत महामहिम यज्ञ बहादुर हमाल र प्रथम सचिब भोगेन्द्र लिङ्ग्देन को उपस्थिति रहेको थियो ।


डिभिजन जनरल मेनेजर प्रबिन कुमार सिह को नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधि मन्डलमा जनरल मेनेजर आर शंकर, ग्रुप मार्केटिङ मेनेजर जोन सिमोन र नेपाली बिजनेस एक्स्जेक्युटिभ छबि राम सुनार सहभागी थिए  । कुवेतमा रहेका नेपाली कामदारहरुको पैसा राम्रो दरमा छिटो, छरितो, सरल  र सुरक्षित तरिकाले नेपालमा पठाउने विषयमा विशेष छलफल भएको थियो । 


कुवेतमा कार्यरत नेपाली समुदायले गर्ने विविध कार्यक्रममा कम्पनीले सहयोग गर्ने पनि जनाएको छ ।अल मुल्ला एक्सचेन्जले नेपाली ग्राहकलाई प्रभु मनि, हिमालयन बैंक र वेस्टर्न युनियन बाट  रेमिटेन्स सेवा दिदै आइरहेको छ । अल मुल्ला एक्सचेन्ज बाट पैसा पठाउने ग्राहकलाई निशुल्क 1000 कुवेती दिनार बराबर लाइफ इन्स्योरेन्सको पनि ब्यवस्था गरेको छ ।