6 Falgun, 2074 | 18 February, 2018 Sunday

हरि कृष्ण न्यौपाने-करिब ४ बर्ष पहिले कुवेतको नेशनल खराफी कम्पनीमा रोजगारिका लागि आएका बर्दिया मुनाल बस्ती-४ का गणेश न्यौपाने बिगत ३ बर्ष देखी परिवार र आफन्त संग बेखबर हुँदै बेपत्ता भएका छन। उनको परिवारले गणेशको खोजीका लागि अग्रह गरेका छन।

राप्ती भेरी कर्णली एकता समाज कुवेतका अध्यक्ष पवन वली मार्फत उनको परिवार र आफन्तले करिब ३ बर्ष देखी बेखबर रहेका गणेशको खोजीको लागि नेपाली दुताबास कुवेत, कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु, पत्रकारहरुलाई अनुरोध गरेका हुन।

आएको १ बर्ष सम्म आएकै कम्पनी नेशनल खराफीमा काम गर्दै परिवारको सम्पर्कमा रहेका गणेश न्यौपाने एका एक संपर्क बिहिन भएका हुन।३ बर्ष देखी बेखबर गणेशको श्रीमती, २ छोरी र १ छोरा रहेका छ्न।

फोटोमा देखिएको गणेश न्यौपानेलाई कुवेतमा कसैले देख्नु र चिन्नु हुन्छ भने तीतोपाटी डटकम वा निम्न संपर्क नम्बरमा संपर्क गरी खबर गरिदिनु होला।

पवन कुमार वली: ५०७७७८७६
हरि तिवारी: : ६५११२५६९