4 Magh, 2074 | 18 January, 2018 Thursday

तीतोपाटी डट कम- कार्यक्रमको सिलसिलामा कतारको दोहामा पुगेका नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कतारमा आफूहरुलाई पक्राउ गरिएको नभई सामान्य सोधपुछ मात्र गरिएको बताएका छन्

आफूलाई कार्यक्रमका बारेमा सोधपुछ जानकारी लिएर छाडिएको आचार्यले दैनिक नेपाललाई जानकारी दिए शुक्रबार कतारको दोहास्थित ग्राण्ड प्यालेस होटलमा पत्रकार महासंघको कतार शाखाले गरेको कार्यक्रममा सहभागी भएका बेला कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेलाई सोधपुछका लागि भन्दै लगेको थियो

पत्रकारहरुलाई सोधपुछका लागि प्रहरीले कार्यालयमै जान भनेपछि प्रवासी नेपाली मञ्चका चानक पोखरेल पनि समन्वयका लागि प्रहरी कार्यालय पुगेका थिए कतारी भाषा कानुन जानेका कारण समन्वयका लागि गएको हो उनीहरुलाई बुझाउन समय लाग्यो नेपालका वरिष्ठ पत्रकारहरु नेपाली समुदायको कार्यक्रमका लागि आएको भन्ने हामीले अवगत गराएपछि उनीहरुले कुरा बुझे’- पोखरेलले भने दिउँसो बजे प्रहरी कार्यालयमा गए पनि सबैकुरा बुझाउँदा राति साँढे १० बजेसम्म लागेकाले अनेक हल्ला फैलिएको उनले बताए

नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्य नेतृत्वको टोली गत सोमबार कार्यक्रममा भाग लिन काठमाडौँबाट कतार पुगेको थियो