4 Magh, 2074 | 18 January, 2018 Thursday

तीतोपाटी डट कम पाथीभरा दर्शन, त्यसमुन्तिर आइ लभ नेपाल लेखिएको स्टिकर टाँसिएको छ। मेची राजमार्गमा चल्ने प्रायःजसो यात्रुवाहक मालवाहक मोटरमा लेखिने गरेका यी दुई शब्दसाउदीको सडकमा गुड्नेएसडिए ८०१० नम्बरको लरीमा लेखिएको  


यी दुई शब्द गाडीको अगाडिको भागमा लेख्ने आइडियो हो, सात समुन्द्र पारी मरुभूमीमा गाडी चलाउने पेसामा लागेका तेह्रथुमको आठराई गाउँपालिका का३३ वर्षे रामकुमार ल्वागुनको स्टिकर स्थानीय बजारमा किनेर टाँसिएको हो पाथीभरा दर्शन चाहिँ आफैंले मेहनत गरेर लेख्नुभएको हो  

१४ चक्के लरीको स्टेरिङ सम्हाल्ने जिम्मा पाएका छन् उनै रामकुमारले लरी भरी आलुको भारी बोकेर साउदीको सडकमा हुँइकिन थालेको १९ महिना भयो  


मरुभूमीमा फलेका आलु लरीमा राखेर रामकुमारले साउदीका कुना कुनामा पुर्‍याउनुपर्छ उसो साउदी भन्दा बाहिर यमन कतारमा पनि आलु लिएर जानुपर्थ्याे  तर अहिले यमनमा सुरक्षा अवस्था राम्रो छैन कतारसित साउदीले कुटनीतिक सम्बन्ध तोडेको त्यसैले हिजोआज त्यहाँ सामान पुर्‍याउन जानुपर्दैन  

रामकुमारले साउदीमा काम गर्न थालेको वर्ष पुग्न लाग्यो मलेसिया समेत जोड्ने हो भने विदेशमा रोजगारी गर्न थालेको १० वर्ष हुन लागे लेवरको भिसामा साउदीको अल रसिद कम्पनीमा पुगेका उहाँले वर्ष लेवरकै काम गर्नुभयो  


लेवरको कामबाट फिनिस फर्केपछि उहाँ साउदीकै लेहा ट्रान्सपोर्टेसन कम्पनीमा हेभी ड्राइभरको काममा जानुभएको हो लेहा ट्रान्सपोर्टेसनमा ३५ जना नेपाली ड्राइभरले स्टेरिङ सम्हाल्छन् ३५ नेपाली सहित भारत, पाकिस्तान, श्रीलंकाका गरी पाँच सय ड्राइभर छन् त्यो कम्पनीमा  

रियादको हायलमा रहेको मजरामा आलुका बोरा लोड गर्दै गर्दा आफूले चलाउने गाडीको फोटो रामकुमारले फेसबुकमा अपलोड गर्नुभयो  

रामकुमारले गाडीमा किन यी लाइन लेखे ?आइ लभ नेपाल लेखिएको स्टिकर किन टाँसे ?

रियादको हालयदेखि जेद्धासम्म ११ सय किलोमिटर सडक छिचोलेर फेरि रियाद नै आइपुगेका रामकुमारले फेसबुक म्यासेन्जरमा जवाफ दिनुभयो, ‘विश्वासले देवीदेउता सम्झँदा रक्षा होला भन्ठानेर ’ 

हुन पनि श्रीमती, एक छोरी आफन्तलाई गाउँमै छाडेर साउदी पुगेका रामकुमारको धेरैजसो समय एक्लै बित्छ त्यो पनि आफूले चलाउने गाडीमै कुन ठाउँमा रात बिताउनु पर्ने हो ठेगान हुँदैन महिनौं लेवर क्याम्प बाहिर बस्नुपर्छ  


मरुभूमिको सडकमा गाडी छेउ लगाएर भात पकाएर खानुपर्छ सुत्ने बस्ने व्यवस्था गाडीमा नै गाउँघरको सम्झना आफ्नो भगवान मात्रै रामकुमारका साथै हुन्छन्  

धेरै नेपाली युवा मरुभूमीमा रामकुमारले जस्तै भाग्य खोज्दै पुगेका छन् एक्लै सही, उनीहरु आफन्तका सुखको सुन्दर भविष्यको खोजीका लागि परदेशिन विवश छन् रामकुमारले फेसबुकमा पनि रामकुमार विवश ल्वागुन नाम राख्नु भएको