4 Magh, 2074 | 18 January, 2018 Thursday

तीतोपाटी डट कम -तामाङ समुदायहरुले मनाउने राष्ट्रिय सास्कृतिक पर्ब एबं नयाँ बर्ष मन्जुश्री संबत २८५४ खि ल्हो कुकुर बर्षसोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान !” भन्ने नारा सहित तामाङ घेदुङ कुवेतले पनि अथिति कलाकारहरुको साथमा धुमधाम मनाउने भएको


हिजो शुक्रबार फर्वानिया स्थित शैलुङ्गे नेपाली होटेलमा तामाङ को अध्यक्ष सुरेश ग्याबाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यक्रमको सबैलाई तयारी पुरा भएको जनाएको यही आउदो १९ जनवरी, २०१८ शुक्रबारको दिन हवाली स्थित ब्वाइज स्काउट थेटर ( सेन्टर पोइन्ट ठिक अगाडि ) नेपालबाट आमन्त्रित अथिति कलाकारद्वय म्हेन्दो माया गीतको सर्जक गायक तथा संगीतकार कलाकार हेम वाइबा तामाङ तथा नेपाल तामाङ सस्कृति घेदुङ केन्द्रका उपाध्यक्ष सेलो गायिका बबिता पाख्रिनको साथमा मनाउने भएको साथमा तामाङ सास्कृतिक घेदुङ कुवेतको कलाकारहरुको पनि बेजोड साँस्कृतिक प्रस्तुती रहने


कार्यक्रममा तामाङ जातिको सस्कार सस्कृति, ताम्बा गीत, बौद्ध धर्म परम्परा अनुसार लामा गुरुहरुद्वारा पूजा पाठ तथा वाङ मोलम आशिर्वाद दिने साथमा बिभिन्न नमोरन्जनात्मक कार्यक्रम समेत हुने घेदुङ कुवेतका महासचिब कृष्ण बहादुर सिङ्तानले जनाएका छ्न


कुवेतमा कृयाशिल बिभिन्न संघसस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकार, राजनीतिकर्मी, खेलाडी तथा कुवेतबासी आम नेपालीहरुलाई उक्त दिन कार्यक्रममा उपस्थित भैइ कार्यक्रमलाई भब्यताकासाथ सफल पारिदिन हुन आयोजक समितिले सिँगो कुवेतबासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेका छ्न कार्यक्रम गर्ने उक्त स्थल प्रशासनिक क्षेत्रमा भएको कार्यक्रम अवधिभर कुनै पनि उत्छ्रीङगल व्यबहार मादक पदार्थ सेवन नगरि दिनुहुन समेत आयोजक समितिले अनुरोध गरेको सबै संघसस्थाहरुलाई निमन्त्रना पत्र पुगी सकेको कथमकदाचित पत्र प्राप्त गर्न सकेको खन्डमा यसै समाचारलाई अाधिकारीक पत्र मानी उपस्थिती भैइ दिनहुन आग्रह समेत गरेका छ्न


अतिथी कलाकारहरु मंगलवार साँझ बजे अाइ पुग्ने

नेपालबाट आमन्त्रित अथिति कलाकारद्वय म्हेन्दो माया गीतको सर्जक गायक तथा संगीतकार बरिस्ठ कलाकार हेम वाइबा तामाङ तथा सेलो गायिका बबिता पाख्रिन मंगलवार साँझ बजे कुवते इन्टरनेशनल एर्पोर्टमा अबतरन हुने भएकोले कुवेतमा कृयाशिल बिभिन्न संघसस्थाहरु, अग्रज ब्यक्तित्वहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकार, राजनीतिकर्मी, खेलाडी तथा कुवेतबासीलाई स्वागतको लागि उपस्थित भैइ दिनहुन कार्यक्रम संयोजक सम्बर वाइबाले हार्दिक अनुरोध समेत गरेका छ्न

कार्यक्रम

मिति१९ जनवरी, २०१८ शुक्रबार

स्थानब्वाइज स्काउट थेटर हवाली (सेन्टर प्वाइन्टको ठिक अगाडि )

समय११ बजे बिहान

तामाङ घेदुङ कुवेतको आर्थिक सहयोग


आगालागिमा परेर शरिरको एकपाटो जलेको कैलाली घेदुङका सदस्य वीरबहादुर तामाङ ज्युको उपचारको लागि नेपाल तामाङ घेदुङ कुवेतले १०२ KD अर्थात नेपाली रुपैयाँ ३४३१७ आर्थिक सहयोग गरेका गरेका छ्न हिजो नै उक्त रकम सम्बन्धित ब्यक्तिलाई पठाइ सकेको कुवेत घेदुङका महासचिब कृष्णबहादुर सिङ्तानले जानकारी दिएका छन परदेशमा आफ्नो गाँस काटेर सहयोग गर्न हुने सहयोगी मन हातहरुलाई नेपाल तामाङ घेदुङ कुवेतले हार्दिक धन्यवाद एबं आभारी समेत प्रकट गरेका छ्न