4 Magh, 2074 | 18 January, 2018 Thursday

तीतोपाटी डट कम- भारतको हिमाञ्चलमा लामा पढाउने बहानामा लैजाँदै गरिएका जुम्लाका २० बालबालिकालाई प्रहरीले बुधबार तिला गाउँपालिकाको कुडारीबाट उद्धार गरेको बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा गैरकानुनी रूपमा भारततिर लैजाँदै गरेको फेला परेपछि बालबालिकाको उद्धार गरेको हो


गैरकानुनी रूपमा बालबालिका लैजाँदै गरेको आरोपमा पातारासी गाउँपालिका का २९ वर्षीय छिरिङतुन्डुक तामाङ सोही वडाका ३२ वर्षीय कार्मा तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक चूडामणि पुनले बताए


लामा भाषा पढाइदिने भनेर अभिभावकलाई आश्वासन दिएर बालबालिकालाई भारत लैजान लागेकाले बस नियन्त्रणमा लिई बालबालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक पुनले बताए उनका अनुसार उद्धार गरिएका बालबालिका सातदेखि १४ वर्ष उमेर समूहका छन्


एउटा बसमा धेरै बच्चा लैजाँदै गरेको देखेपछि सोधपुछ गरियो,’ प्रहरी निरीक्षक पुनले भने, ‘बलबालिकालाई लैजाँदै गरेको कुनै कानुनी आधार फेला परेन त्यसैले उद्धार गरेको हो उनका अनुसार दुईजनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको बालबालिकालाई प्रहरीको निगरानीमा होटेलमा राखिएको


उद्धार गरिएका २० बालबालिकाको नाम भने सार्वजनिक भएको छैन उनीहरू बुढा, बोहरा, महतारा कामी थरका रहेको प्रहरीको भनाइ उद्धार गरिएका बालबालिकाका अभिभावकलाई बोलाएर बुझाउने जिल्ला प्रहरी कार्यालयले जनाएको