4 Magh, 2074 | 18 January, 2018 Thursday
तीतोपाटी डटकम-युवा लेखक महेश नेपालले लेखेका गितहरु निरन्तर बजारमा आईरहेका छन । उनैले लेखेको लोकगित भाईबर, इमो ह्वाट्सप (Viber Imo Whatsup) को भिडियो हालै बजारमा आएको छ।

यस गितमा बहुचर्चित गायक राजु परियार र गायिका भुमिका शाहको स्वर रहेको छ ।यस गीतमा ईन्टरनेटले नेपाली समाजमा पारेको प्रभावलाई गित मार्फत तीखो प्रहार गर्नुको साथै सन्देश पनि दिईएको छ । भिडियो प्रशान्त पौडेलको निर्देशन, चक्र बरालको छायाँकन र मनोज कार्कीको सम्पादनमा तयार भएको हो । गितमा मनिष र काजोलको जिवन्त अभिनय देख्न सकिन्छ । यस गित कामना डिजिटल प्रा. लि.को प्रस्तुतिमा बाग्लुङ्ग गल्कोट नब युवा रोधीघरको पहिलो कोसेलीको रुपमा आएको हो।

भाईबर, इमो,ह्वाट्सपको भिडियो:-