4 Magh, 2074 | 18 January, 2018 Thursday
भाग्य - रोजिना ढुंगाना
2018-01-10 | तीतोपाटी


भाग्य 

जुन मान्छे,मेरो मान्छे हुनै लेख्या छैन
उ अरु कसैको हो...मेरो   चांहि हैन 
तरपनी हांस्छु छिनछिन उस्लाई मेरै सम्झि
उसको निम्ति मेरो माया  हुने छैन कम्ति ।

  बिचरी म सानु मुटु दुखि हाल्छ छिटै
  माया पाए कतै बाट  खुशि  हुन्छु छिटै
 लुकाउनै सक्दिन म मेरो माया कैले पनि
 अनायासै दुख्दा मुटु रुठि हाल्छु छिटै ।

 लेखिएको भाग्य मेरो खोलेर नै हेर्न पाए
  तिम्रो नाम थपि दिन्थे मिलाएर भर्न  पाए
 माया लाग्यो तिम्रो मलाइ सधैं भरि गर्न पाए
  तिम्रो मन्को मझेरिमा बसाइ सर्न पाए ।

    रोजिना ढुंगाना झापा