4 Magh, 2074 | 18 January, 2018 Thursday

नेपालकै पहिलो ल्याक लायन्स क्लबको उद्घाटन ।


लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी२ को इतिहासमा चितवनमा एउटा छुट्टै विशेषता भएको LAC लायन्स क्लबको जन्म भएको छ । साहित्यकार गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने) को अध्यक्षतामा चितवन र देशका विभिन्न स्थानमा साहित्यमा क्रियाशील रहेका २९ जना व्यक्तित्वको सहभागिता रहेको लायन्स क्लब अफ चितवन वाङ्मयको गठन भएको छ । डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन मधुसूदन शर्मा रिजालको प्रमुख आतिथ्य र लायन्स क्लब अफ नारायणगढका प्रथम उपाध्यक्ष लायन जीवन गुप्ताको अध्यक्षता रहेको सो कार्यक्रममा निवर्तमान डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन घनश्याम भट्टराईलगायत थुप्रै लायन लिडरहरूका साथै अन्य साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । यस नयाँ ‘लायन्स क्लब अफ चितवन वाङ्मय’ लाई लायन्स क्लब अफ नारायणगढले आफ्नो १४ औँ नयाँ क्लबको रूपमा प्रस्तुत गरेको हो । पूर्व डिस्ट्रिक्ट गर्भनर लायन प्रभातकुमार जोशीको विशेष सक्रियतामा खोलिएको उक्त क्लबमा डिस्ट्रिक्टका LAC (लिट्रेचर – आर्ट – कल्चर) कमिटिका कार्यक्रम संयोजक लायन प्रभाकर पण्डित र एरिया चिफ लायन राजेन्द्र गौतम गाइड लायनको रूपमा रहनुभएको छ ।


आफ्नो जीवनसङ्गिनी मीना लामिछानेलाई समेत क्लब सदस्यका रूपमा प्रस्तुत गर्नुभएका अध्यक्ष गोर्खे साइँलोले अन्य समाज र साहित्यका अगुवा आठजना महिलालाई पनि लायन सदस्य बनाउनुभएको जानकारी क्लबका सचिव लायन दीपेन्द्रकुमार जोशीले गराउनुभयो ।

पदाधिकारीहरु 
अध्यक्षः ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’
प्रथम उपाध्यक्षः डा. धनेश्वर भट्टराई 
द्वितीय उपाध्यक्षः रामहरि शर्मा ‘शराह’
तृतीय उपाध्यक्षः हरि रिजाल
सचिवः दीपेन्द्रकुमार जोशी ‘निक’
कोषाध्यक्षः सीताराम कोइराला
सह-सचिवः उमा कार्की
सह-कोषाध्यक्षः मीरा तिमिल्सिना
डाइरेक्टरः सदानन्द जैसी अभागी 
डाइरेक्टरः रामहरि श्रेष्ठ
डाइरेक्टरः लीला राना
डाइरेक्टरः पार्वती खनाल (अर्याल) 
डाइरेक्टरः लोकनाथ खराल 
डाइरेक्टरः अमृता रामदाम
डाइरेक्टरः टीका सापकोटा
डाइरेक्टरः भगवती अर्याल पाण्डे 
टेलटुस्टरः गीताकुमारी सेढाईं कँडेल
मेम्बरः महेन्द्रबहादुर खाती, क्षेत्री
मेम्बरः पूर्णबहादुर साउद 
मेम्बरः छविकिरण ओली
मेम्बरः लक्ष्मीदत्त भट्ट
मेम्बरः विरङ्गना योगी
मेम्बरः धनबहादुर राना
मेम्बरः खिलबहादुर अधिकारी (पुष्प अधिकारी अञ्जलि) 
टेमरः मीनमाया लामिछाने
सल्लाहकारः केशवराज आमोदी 
सल्लाहकारः गोविन्दराज विनोदी 
सल्लाहकारः शङ्कर सुवेदी
सल्लाहकारः ऋषिराम कँडेल