4 Magh, 2074 | 18 January, 2018 Thursday

तीतोपाटी डटकम-तमु प्येल्हु संघ कुवेतले हरेक बर्ष जस्तै यसपाली पनि तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग)को तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे)को कार्यक्रम गर्ने भएको छ।अतिथी कलाकार ईन्द्र गुरुङको साथमा जनवरी १२ तारिक शुक्र्बार कुबेतको हवाली स्थित ब्याइज स्काउट थियटरमा (पुरानो सेन्टर पोइन्टको अगाडी) को हलमा भब्य रुपले मनाउने भएको छ |

"प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु"अर्थात (शास्त्र हराए संस्कार हराउँछ , संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नारा को साथमा कुवेत मा स्थापना भएको "तमु प्ये ल्हु संघ, कुवेत" ले कुवेत पनि तमु/गुरुङ हरुको मौलिक धर्म ,संस्कार र संस्कृति को संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ बारे जानकारी गराउने र कुवेत मा आफ्नो तमु मौलिक चाड पर्व हरु पनि मान्दै आएको छ ।

कार्यक्रमलाई अझै ससक्त रुपमा संगीतमय बनाउनको लागि तमु प्येल्हु संघ, कुवेतका कलाकारले पनि बिभिन्न प्रस्तुतिहरुको तयारी गरिरहेका अध्यक्ष गोपाल गुरुङले बताए।

तमु प्येल्हु संघ कुवेतका अध्यक्ष गोपाल गुरुङले तितोपाटो डटकम मार्फत भने”गुरुङ जातिहरुको महान पर्व “खि ल्होसारको अबसारमा आयोजना गर्न लागिएको यस बिशेष कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्न सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई अनुरोध गर्दछु।"

कार्यक्रम:- तमु खि ल्हो (कुकुर बर्ग )ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे )
मिति:- जनवरी १२ तारिख शुक्रबार २०१८
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे
आयोजक:- तमु प्येल्हु संघ,कुवेत

कार्यक्रम हलमा आउने यातायातको बारेमा जानकारी:-

साल्मियाबाट रुटनं-७७ सिटिबस
हसाबिया, जिलिव फर्वानिया क्राउन प्लाज हुदैन खैतानबाट रुटनं:- १६ सिटीबस
स्वेकबाट रुटनं:-७७
सिटिबाट रुटनं:-१६ र अन्य बसहरु त्यसको आसपासमा रुटनं:- ६६ ,५५ ,८८ ,१८ ,१९ पनि आउने गर्छन्।
(बस चढी सके पछी हवल्लीको पुरानो सेन्टर प्वाईन्ट फायर स्टेशनको नजिक भनेर आउनु भयो भने सजिलै कार्यक्रम स्थलमा आउन सकिने)