4 Magh, 2074 | 18 January, 2018 Thursday

चन्द्र बिश्वकर्मा - ठकुरी समाज ओमन द्वारा आयोजित भलिबल प्रतियोगिता डिसेम्बर २२ तारीख शुक्रबारको दिन ओमनको मस्कट गोब्रा पावर पलान्ट खेल मैदान मा सम्पन्न भएको थियो उक्त प्रतियोगितामा ओमनमा सक्रिय  विभिन्न संघ सस्था तथा क्लब बाट 11 टिमको सहभागिता रहेको थियो

म्याग्दी प्रवासी संघ (मोना) ओमनले नवलपरासी, पर्शन क्लब लाई पराजित गर्दै प्रथम उपाधि हात पार्न सफल भएका छन  मोनाले प्रथम पुरस्कार नगद ८० रियल, कप, मेडल प्रमाणपत्र प्राप्त गर्नुको साथै उत्कृष्ट खेलाडीको पुरस्कार अजय परियारले पाएका छन ओमनमा रहेका संघ सस्थाको बाक्लो उपस्थितमा खेल निकै प्रतिस्पर्धा रोचक भएको थियो

प्रवासमा रहेर पनि सस्था स्थापनाको छोटो समयमा नै मोना ओमन ले खेलकुद क्षेत्रमा बलियो रुपमा प्रस्तुत गर्न सफल भएको आगामी दिनमा हुने खेलकुद क्षेत्र लगायत अन्य क्षेत्रमा पनि सक्रिय रूपमा अगाडि बढ्ने मोना ओमनका सल्लाहकार तथा एन. आर. एन. ओमानका कोषाध्यक्ष सेवन्त पुर्जाले बताएका थिए

त्यसै गरि  मोना ओमानका अध्यक्ष तथा  विभेद विरुद्ध अभियानका लेखक पूर्ण बहादुर विक (पहाडी)ले "बेरोजगारी समस्याले बिदेशीनु परे पनि म्याग्दी वासिहरु हरेक क्षेत्रमा अगाडि छन अबको दिनमा म्याग्दी प्रबासी संघ  मोनाले म्याग्दी जिल्लामा लगानी गरि आफ्नो गाउँ ठाउँमै  रोजगारको वातावरण सिर्जना गर्नु पर्ने छ ।  सधै बिदेशमा रोजगार खोज्नु भन्दा पनि सयुक्त लगानीको वातावरण बनाएर म्याग्दीवासीले स्थानीय उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्नुपर्छ । यो विषयमा सबै बिदेशमा कार्यरत म्याग्दीवासीले सोच्नुपर्ने दिन आएको" बताएका छन