4 Magh, 2074 | 18 January, 2018 Thursday

प्रसाद तिम्सिना - आफुमा गला र कला भएर पनि कुवेतलाई कर्मथलो बनाउन वाध्य कलाकारहरुलाई संगठित गर्दै खुलेको कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो स्थापनाको आठौं वार्षिक उत्सव मनाएको छ|मन्चले डिसेम्बर-१५ तारिक शुक्रबार-२०१७का दिन कुवेतको जिलिप स्थित खुल्ला पार्कमा एक कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिक उत्सव मनाएको हो |

मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्व तथा वरिष्ठ संरक्षक टीकाराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न आठौं वार्षिक उत्सव कार्यक्रममा मन्चकी सल्लाकार तथा एनआरएन कुवेतकी उपाध्यक्ष सुमित्रा पौडेल बिशेष अतिथि रहेकी थिइन् |

आठौं वार्षिक उत्सवमा नबिन श्रेष्ठ, सुमित्रा पौडेल, सुजल कार्की, उमा घिमिरे, प्रसाद तिम्सीना, सरस्वती बराल र जीवन सुनारले शुभकामनाका साथ मन्चले बिगतमा गरेका मनोरन्जनात्मक कार्यक्रम र मानबिय कामको बारे चर्चा गरेका थिए। त्यसै गरी मन्चका संरक्षक तथा लोक गायक माधब शर्मा र प्रमुख अथिति टीकाराम आचार्यले आगामी दिनहरुमा मन्चले आफ्नो नेपाली भाषा, धर्म, रितीरिबाज, चाडपर्ब बिशेषको संरक्षणका लागि कुवेतमा रहेर पनि निरन्तरता दिदै बिशेष तरिकाले कार्यक्रमहरु गर्ने भन्दै मन्चको प्रगतिको कामना गर्दै शुभकामना मन्तब्य दिएका थिए|

संस्थाको वार्षिक प्रतिवेदन कोषाध्यक्ष युबराज गैरेले आर्थिक आय व्यायको प्रतिवेदन प्रस्तुत गरेका थिए | कार्यक्रमलाई महासचिब कृष्ण सुनारले संचालन गरेका थिए भने उपाध्यक्ष डोलराज न्यौपानेले स्वागत मन्तब्य दिएका थिए |