4 Magh, 2074 | 18 January, 2018 Thursday

तीतोपाटी डटकम-"स्वदेश देखि प्रवाश सम्म गरौँ एकता, सबै मिलि सामाजिक कार्यमा सामुहिक प्रतिवद्दता” भन्ने मुल नाराका साथ स्थापित सृजनशिल युवा समाज कुवेतले अध्यक्षमा पुन: पुष्कर सिंह धामीलाई निर्बिरोध चयन गर्दै आफ्नो प्रथम अधिबेशन सम्पन्न गरेको छ। कुवेतको खैतान स्थित राजधानी होटलमा डिसेम्बर १५-शुक्रबार सम्पन्न उक्त अधिबेशन सम्पन्न भएको हो। 

समाजका अध्यक्ष पुष्कर सिंह धामीको सभापतित्व तथा नेपाली दुतबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेसनमा महामहिम राजदुत पत्नी रिता हमाल, दुताबासका प्रथम सचिब भोगेन्द्र लिङदेन, सहचारी शुरेश अधिकारी लगाएत कुवेतमा कृयाशिल बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु,पत्रकार, सामाजिक अभियान्ताहरुको सहभागीत रहेको थियो। 

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले कुवेतमा सृजनशिल युवा समाज कुवेतले गरेका मानबिय सहयोग र हातेमालोका बारेमा चर्चा गर्दै नयाँ कार्यसमितीलाई कार्य सफलताको शुभकामना दिएका थिए भने सुदूरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड्काले साहित्यिक रचना सहित मन्तब्य दिएका थिए|यसैगरी कार्यक्रममा संस्थाका कलाकारहरुले बिभिन्न सांगीतिक प्रस्तुति दिएका थिए |

समाजले कुवेतबाट संचालित सम्पूर्ण मिडियाहरु,सहयोगी र संस्थाका सदस्यहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो|कार्यक्रमलाई रोसन राईले संचालन गरेका थिए भने महिला सदस्य सन्ध्या मगरले स्वागत गित मार्फत उपस्थितलाई स्वागत गरेकी थिइन्|


कार्यक्रमका सभापति धामीले बिभिन्न समस्यामा परेका नेपाली चेलीहरु तथा नेपाली दाजुभाइहरुको उद्दार गर्दा आफुले भोगेका समस्याहरु सुनाउदै  आफु जेल सम्म जानु परेको अनुभब सुनाउदै कार्यक्रममा उपस्थित भएर सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए |

नवनिर्वाचित कार्यसमिति यस प्रकार छ|

संरक्षक:रमेश पौडेल
सल्लाहकार : राज क्षेत्री, नीर कुमारी राई
अध्यक्ष-पुष्कर सिंह धामी
उपाध्यक्ष : बिजय कुमार तामाङ
महिला उपाध्यक्ष : सन्ध्या मगर
महासचिव : प्रदिप राई
सचिव : रोसन राई
सहसचिव : केशव  मगर
कोषाध्यक्ष : दिपेन्द्र थापा क्षेत्री
सह कोषाध्यक्ष : बिष्णु  कार्कि
प्रचारप्रसार बिभाग : पुष्कर खडका
महिला संयोजक:प्रमिला राई
सदस्यहरु – गोपाल राई, गगन बिस्ट, हिमाल अन्जान, तिर्थ राज, मन्धोज तामाङ, दिपक धामि, युव राज  घिमिरे, प्रमिला गिरि, रजिना राई, पार्वती गाह मगर, सुनिता राई र संगिता गोले