4 Magh, 2074 | 18 January, 2018 Thursday

तीताेपाटी डट कम - नेकपा एमालेका अध्यक्ष केपी ओली र माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।

काठमाडौंमा भएको दुई शीर्ष दुई नेताबीचको भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता, राष्ट्रियसभा गठन लगायत विषयमा छलफल भएको जानकारी मा‌ओवादी केन्द्रको अध्यक्ष दाहालको सचिवालयले दिएको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धनको सोचेजस्तै परिणाम आएको निष्कर्ष निकालिएको छ ।

ओली र दाहालले पार्टी एकता प्रक्रियालाई बलियो बनाएर लैजाने समझदारी गरेका छन् ।

-  कान्तिपुर