7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी डट कम - नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।


दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ ।  कार्यदलले भागबण्डा सम्पन्न गरिसकेकोले उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि  अाजै पत्र हस्तान्तरण गरिने बुझिएको छ ।
दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो ।

पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ । गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।

एमाले
ताप्लेजुङ
पाँचथर
संखुवासभा
अोखलढुंगा
खोटाङ
दोलखा
रसुवा
सिन्धुपाल्चोक - २
नुवाकोट - २
धादिङ - १
धादिङ - २
मनाङ
मुस्ताङ
म्याग्दी
बाग्लुङ - १
डोल्पा
मुगु बझाङ
बाजुरा
बैतडी
दार्चुला

माअोवादी केन्द्र
भोजपुर
सोलुखुम्बु
रामेछाप
सिन्धुपाल्चोक - १
नुवाकोट - १
लम्जुङ
गोरखा - १
बाग्लुङ - २
रोल्पा
रूकुम पुर्व
रूकुम पश्चिम
जुम्ला 
कालिकोट
हुम्ला
जाजरकोट