10 Falgun, 2074 | 22 February, 2018 Thursday

नुवाकोट, साउन २ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा सदस्यसँग पैसा उठाएर फर्कंदै गरेका एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड बेत्रावती रसुवाका कर्मचारी सोमबार लुटिएका छन् ।मानेगाँउमा सोमबार अपराह्न सदस्यसँग ऋण उठाएर फर्कंदै गरेका संस्थाका कर्मचारी विदुर नगरपालिका–५ देवीघाटकी संगीता नेपाल र पनौती नगरपालिका–१२ काभ्रेपलाञ्चोकका प्रदीप केसीसँग भएको रु एक लाख लुटिएको नुवाकोट प्रहरीले जनाएको छ ।

सदस्यबाट रकम उठाएर संस्थाको कार्यालय बेत्रावतीतर्फ पैदल फर्कंदै गरेकाबेला तीनजनाको समूहमा आएका व्यक्तिले आक्रमण गरी रकम लुटेर फरार भएको पीडितले प्रहरीसमक्ष बताएका छन् ।

लुटेराले केसीलाई काठको लौराले टाउकामा हानी लडाएको र नेपाल आत्तिएर भाग्न थालेपछि रकम लुटेर फरार भएको पाइएकाले संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

लुटेराको अक्रमणबाट केसीको टाउकोमा चोट लागेको छ । रासस

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ