9 Ashwin, 2074 | 25 September, 2017 Monday

तीतोपाटी डट कम - रावण १ गते साउने सक्रन्तीको दिन शताब्दी साहित्य प्रतिष्ठान ,सामुदायिक कार्यकर्ता समाज नेपाल र लघुकथा कुनोको संयुक्त आयोजनामा भेटघाट, रचनाबाचन र स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

राष्टि्य कविता प्रतियोगिता २०७३ मा प्रथम र तृतिय स्थान हासिल गर्न सफल कबिहरु चन्द्र राहहाछा, उर्मिला कोइराला ,अमृता स्मृति र दिपेन्द्र उपाध्यायलाइ सम्मान गरिएको थियो ।  

छन्द कवितामा एकछत्र राज गर्न सफल युवापुस्ताका कवि सुदेश सत्याल र आफ्ना चोटिला गध कविताले अहिलेका पाठकको मन छुन सफल कवि प्रज्वल प्रज्वल अधिकारीलाइ सम्मान गरिएको थियो ।

पुरस्कृत र अन्य कविता ,लघुकथा, कथा मुक्तक, गजल, गीतहरूले कार्यक्रम छुट्टै स्वाद र रौनक थपिएको  थियो ।
उक्त कार्यक्रममा बिभिन्न किसीमका रचनाहरू वाचन गरिएको थियो , जस्ले गर्दा साहित्यको फाँट फराकिलो भएको महसुस हुन्थ्यो ।
शताव्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलले संचालन गरेको उक्त कार्यक्रमको स्वागत सामुदायिक कार्यकर्ता समाज नेपालकी उपाध्यक्ष गीता अधिकारीले स्वागत गर्नु भएको थियो । सामुदायिक कार्यकर्ता समाजले समाजका विविध क्षेत्रमा सहयोग गरेको जानकारी गराउँदै समाजकी अध्यक्ष सावित्री शर्माले साहित्यकारहरूलाइ आगामी दिनमा पनि हौसला प्रदान गरिरहने कुरा बताउनु भयो ।

लघुकथाकुनोका संस्थापक नारायण तिवारीले लघुकथाको बारेमा चर्चा गर्नु भएको थियो । आजका रचनाहरूको बारेमा समालोचकिय टिप्पणी प्रा.डा हरिहर भण्डारीले गर्नु भएको थियो ।

शताव्दी साहित्य प्रतिष्ठानकी उपाध्क्ष रन्जु दहालले संस्थाको परिचय ,कार्यहरू र भावी योजना बारे बताउनु भएको थियो ।
कार्क्रममा माथि उल्लेख गरिएका नाम बाहेक अनिता रेग्मी यात्री,भवानी अधिकारी, हिरा परियार, प्रभा सुनाम, चन्द्रबदना घिमीरे, रत्न कोजु, किसोर लिम्वु, कात्यायान, प्रमोद प्याकुर्याल अादिका रचनाहरूले साहित्यिक माहोललाइ छोड्नै मन नलाग्ने बनाइदिएको थियो ।

आजको कार्यक्रमको सुन्दर पक्ष भनेको औपचारीक रूपमा प्रमुख अतिथी ,अतिथी र अरू कुनै दर्जा  नछुट्याइ घरको पिढीमा बसे जसरी चकटीमा बसेर रचनात्मक भावना साटिएको थियो । कार्यक्रमको समापन लघुकथाकार खेमराज पोखरेलले गर्नु भएको थियो । अन्त्यमा आयोजकले उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा सबैमा हार्दिक धन्यवाद दिएको थियो ।