9 Mangshir, 2074 | 25 November, 2017 Saturday
"परदेशकाे अनुहार"
2017-07-17 | तीतोपाटी डट कम
“परदेशको अनुहार”
शान्ति राई । हाल कुवेत ।। 
मान्छे जन्मेपछी आफ्नो भबिश्य आफैबाट सुरु हुने गर्दछ । अज्ञनता, अबोध रहुन्जेल आफ्नो अभिभावक जिम्मेवार हुन्छन । त्यस पछि बाट रहेको बाँकी जीवनका तितामिठा उकाली ओराली सबै आफैले बेहोर्ने अभिभारा आफुमा रहन्छ । मान्छेको उत्पत्तिसगै रहेर आएको नियम एकअर्का संगै भएर बाँच्नु पर्ने भएको कारणले गर्दा नै एउटा पुरुषले वा एउटा महिलाले एकअर्कासंग मिलेर नै आमा बुबा बन्ने सपना पुरा गर्नु पर्ने हुन्छ । त्यसपछि आफ्ना छोराछोरीलाई जन्म दिएर पालन पोषण, हुर्काउने बढाउने, राम्रो शिक्ष दिक्षा दिने र भबिश्यमा एउटा देशको कर्णधार बनाउने आफ्नै देशको लागी लडोस, रक्षा गरोस र भोलि गएर आफुले पाएको ज्ञानगुनका कुराहरु धेरै थोरै अरुलाई पनि बाँड्न सक्ने बनाउने अभभिावकको सपना हुन्छ । 

आफ्नो भविश्य आफै बनाओस कुलत र कुर्कममा नलागोस भनेर बाल्य अवस्थामा नै आफ्नो आँखा हातको साहाराबाटै उसको भविश्य सुरु गर्न सिकाउनु थाल्नु हुन्छ । यसरी नै समय निरन्तर हुदै जान्छ । छोरा बुझ्ने भएर सह ीगलत छुट्याउन नसक्ने बेलासम्म आमा बुबाले पनि पालै पालो गरी आफ्नो छोरालाई हान्छ की, पोल्छ की, तान्छ की, बा अफ्ठ्यारोमा पो पर्छ की भनेर आफ्ना मन मुटु नै तड्पिएर लगातार यसरी नै निरन्तर आफ्नो बालबच्चामा माया र कुनै चिजहरुको कमि कमजोरी हुनु दिनु हुन्न । यति नजिक हुन्छ कि सोचेर सोचि नसक्नु सायदै उसले जीवनमा दुःख भन्ने शब्द त मात्रै किताब र शब्दमा मात्रै पढेको सुनेको हुन्छ । दुःख भन्ने र दुःख पर्दाको परिस्थितिहरुको अनुहार कस्तो हुन्छ ? उसलाई त एकादेशको कथा जस्तो मात्रै हुन्छ तर जब उ उमेरको चढाबसँगै ठुलो हुन्छ यो सब उसको जीवनमा बिस्तारै बिस्तारै ति दुःखका दिनहरु लल्कार्दै आउँछन् । उसको जिवनको बाटाहरुले कोल्टो फेर्दै आइरहेको हुन्छ । 

उ बाल्यकालको उमेरबाट तरुण अवस्थामा पुगी सकेको हुन्छ । त्यसबेला त्यति आमा बुबाले पनि उसलाई हेर बिचार गर्नु पहिलाको जस्तो समय दिनु सकि रहनु भएको हुदैन । किनकी उसलाई समय दिनु पनि त्यती जरुरत हुदैन । आमा बुबाको नजरमा उ पहिलाको जस्तो अवस्थामा हुदैन स्कुल पनि अलि माथिल्लो स्तरमा नै पुगीसकेको हुन्छ । त्यति जरुरत पनि हुदैन ज्ञानगुन र नैतीकताका कुराहरु जानिसकेको हुन्छ । कुन राम्रो कुन नराम्रो ? असले के कुरा ? खराब के कुरा ? हानिकारक के ? भनेर राम्रो संग थाहा भैसकेको हुन्छ । 

आमा बुबालाई पनि उसको दिन प्रतीदिनको विद्यालयको खर्च धान्नको लागि अलिक हाम्मे हाम्मे हुदै जान्छ । छोराको बाल्यकाल त जसोतसो गरेर भए पनि अरु साथीसंङ्गीको जस्तै पुगेकै थियो । विद्यायलयमा कक्षाहरु चढ्दै  बढदै गएपछि एक्कासी उसको ईच्छा आकांक्षा र मागहरु बढ्दै गएपछि सन्तान र आमाबाबु बिचको सम्बन्धमा दुरी पैदा हुन्छ । आफ्ना सबै माग पुरा नभएपछि आमा बुबा सँग बिरोध जनाउने, झगडा गर्ने यस्ता प्रकृयाहरु अब दिनका दिनै जसो परिवरमा भै रहन थाल्छ । छोराको यस्तो घमण्डहरु देखेर आमा बुबालाई पनि एक्कसी मनमा ठुलो बज्रपात पर्दै गएको हुन्छ । बुबा आमाको छोरो प्रतिको सपनाहरु ठिक बिपरित हुदै जान थाल्छ । यतिकैमा छोरा पनि हप्तादिनमा एक दिन दुई दिन मात्र घरमा आउने घरमा आएर पनि आमा बुबालाई खोजितलासै नगर्ने, बोल्दै नबोल्ने जस्ता व्यबहार प्रदर्शन गर्न थाल्छ । 

एउटा भएको छोरो पनि आकाश पत्तालकै दुरीमा एक्कासी बदलिन्छ । यति सम्म बदलिन्छ कि एक दिन नसामा फिट्टु भएर आई आमा बाबुलाई नै तथानामा गाली गलौज गर्दै फलानो ढिस्कनो यस्ता उस्ता बर्बराउनु थाल्छ । त्यतिकैमा बमिट पनि गर्नु थाल्छ तर बिचरा आमाको मन त हो......... छोरा यस्तो बोल्नु हुदैन उस्तो गर्नू हुदैन भनी छोरो आज तिमीलाई के भयो भनेर सोध्धै चिसो पानीको साथमा सुमसुम्यनु पुग्छिन् । नसामा भएकोले  छोरोले एक्कासी... “ए.... मलाई... किन... छोएको मलाई हातपात गर्ने भन्दै....लु... आईजा” भनेर कष्टले ९ महिना गर्भमा राखेर जन्माई, हुकाई बढाइ र पढाई गराउने आमलाई नै हातपात गर्न उद्धत हुन्छ । बेहोसीमा आमालाई नै शत्रु देखेर मुठभेड गरी धकेल्दा आमा ढुन्मुनाएर भुईमा  ढल्न पुग्छिन् । उता बाबा गोठमा गाई दुंहुदै गरेको हुन्छन् र आमाको चित्कारको आवज बाबाको कानमा पुग्दछ । बाबा हस्याङ फस्याङ गदै आमा लडेको ठाउँमा पुग्छन् । लाठे जवानले  नशाको आबेगमा हानेको त भया,े बिचरा आमा... ....पिरले चपाएको एकातिर घरायसी कामको लछाराले खाएको शरीरमा के को तागात थियो र ....! कठैबर आमाको .....? 

बाबाले आमालाई सम्हाल्न पुग्छन् । बिचरा आमा अर्धचेतमा हुन्छिन् । छोरो बरबराउदै आफ्नो कोठामा जान्छ । आमाले सानो छदा छोराले खाएन भने पनि आत्तिएर रुन्थिन तर आज दुर्भाग्यबस बढे पढेको छोरो मात्तिएर आफुलाई जन्म दिने आमालाई लत्ताएर आँफु हाँस्न सिक्दै छ । आमा शारीरकि रुपमा कमजोर र छोराको व्यवहारले मानसिक रुपमा गल्दै जान्छिन् । मानसिक आक्रोष र तनाबले गर्दा नै आमा शिथिल एक्दमै कम्जोर भएकी छन् । 

त्यस पछि छोराले बिदेश जाने कुरा आफ्ना साथीभाईबाट सुन्छ र उसले पनि बिदेशै जाने निर्यण लिन्छ र एकदिन आमा बुबा संग बसेर सर सल्लाह गर्छ । आमाले त नाई नै भन्नु हुन्छ र पनि बाबालाई चाही अब छोराले सुध्रिएर अब त केहि गरेर बुढेसकालको सहारा बन्छ कि भनि अलिक आशा पलाए पनि पिर त लाग्छ तर पनि गाउघरका सबैका छोराहरुले कमाएर घर फर्केको देख्दा कताकता बाबालाई पनि करुणका साथ आक्रोस त लाग्छ र पनि आफ्नो छोराको इच्छालाई रोक्न सक्दैनन् र नेपालको प्रकृया अनुसार छोराको अवश्यक कागजपत्र तयार गरिदिन्छन् । 

अब खर्चको अभाव हुन्छ र त्यो बाटो खर्चकै लागि आमाले छोरालाई खर्च जुटाउन भन्ने हिसाबले आफ्नो नाखामुन्द्रो बाबाको हातमा दिन्छिन् । बाबाले त्यही आमाको नाखामुन्द्रो धितो राखेर खर्च जुटाउनु हुन्छ । अलि माथिको चोक सम्म छोरालाई लिएर बाबाले छोरालाई पुर्याउनु हुन्छ र खर्च दिनु हुन्छ र भन्नु हुन्छ, “छोरा आफ्नो ख्याल राख्नु राम्रोसंग जानु है” भनेर यात्रामा निस्केको आफ्नो छोरालाई विदाइको हात हल्लाउँदै बाबा घर फर्कनुहुन्छ ।

छोरा आफ्नो साथीहरुसंग लाग्छ काठमाण्डौतिर र गएको केहि दिन भित्रमा नै घरमा आमा बुबालाई फोन गरेर छोराले भन्छ “बाबा मेरो भिषा लाग्ने पक्का भएको छ ...” र बाबाले भन्नु हुन्छ “कत्ती खर्च लाग्ने .....?” छोरा भन्छ, “खर्च एक लाख बिस हजार लाग्छ रे...। अब म एता बाट फर्कदिन मेरो भिषा आएपछी यतै बाट जाने निर्णय पनि सुनाउछ । बाबा आमासँग यता घरमा पैसा हुदैन । आफ्नो गैरी खेतलाई धितो राखेर पैसा तयार गर्ने घर सल्लाह हुन्छ । अब बाबाले पल्लो गाउको मुखियाकोमा कुरा राख्नु पुग्नु हुन्छ । मुखियालाई थाहा हुन्छ उसको गैरी खेतमा बेस्सरी उब्जानी हुन्छ र मुखियाले कुरा सुन्न बित्तिकै पैसा दिने निर्णय लिन्छ र जसमा छोराले भनेको भन्दा दश बिस हजार बढि रकम बाबाले लिने निर्णयले गैरी खेत अब जम्मा एक लाख पचास हजारमा अर्कैले नै चर्चिन थाल्छ । बाबाले छोरालाई लाग्ने खर्च ड्राफ्ट गरीदिनु हुन्छ । लाग्ने खर्च र ब्यक्तिगत खर्च समेत जम्मा एक लाख तिस हजार र बाबाले ईत्यादि सबै कुराहरु सुनाउनु हुन्छपैसाको बारेमा र छोराले पनि भन्छ, “बाबा फिकर नगर्नुहोस... म कमाएर पठाउने छु” भन्ने निर्णय दिन्छ तर बिदेश सोचे झै हुदैन ।  विदेशमा सजिलैसंग पैसा कमाउन सकिदैन । यो शब्द त आफ्नै देशमा हुँदाको हो । र बाबा आमालाई पनि फोन दिनु आग्राह गर्छ र बाबाले आफ्नो हातको फोन आमाको हातमा दिनु हुन्छ ....छोरा..भन्छ.... आमा नमस्ते, म आज जाँदैछ,ु राम्रो संग बस्नुहोस, मेरो लागी चिन्ता नगर्नु भन्ने शब्द आमाको कानमा आउन साथै आमा भक्कानिन्छिन् । आमाको स्वर छोराको कानमा पर्दा यता छोरालाई पनि त खल्लो त लाग्छ र आमा,बाबा, छोरा दुबै तिर निःशब्दमा हुन्छन् । नेपाल रहँदाको अन्तिम शब्द यतिकैमा टुङ्गियो । छोरो पनि बाबा आमा बाट टाढाको दुरीमा परदेशिन्छ । 

अब छोराको बिदेशी गन्तब्य यहाँबाट शुरु भयो । छोराको कानमा पनि बिदेशको अनुहार त सुनेको मात्र हुन्छ  र यार्थथ रुपमा बिदेशको अनुहार सुनेको भन्दा चार गुणा आकास र पत्तालकै फरक हुन्छ । यात्रमा त खासै केही हुदैन, एक्कासी अरबको एयरपोर्ट दुबईमा पुग्दछ । खाडीको वातावरण बारे त सुनेको मात्र हुन्छ । एयरपोर्टमा पुगेको केही समयमा नै कम्पनिको गाडीमा गोठालोमा भेंडा ब्राख्रा गनेर खोरमा हुलेको जस्तै गन्दै गाडीमा हालेर लैजान्छ । एकान्तको ठाउमा पो पु¥याउँछ, उराठिलो बालुवै बालुवा मात्रै भएको ठाउँमा र पनि त्यसदिन पहिलो दिन परेकोले र लामो यात्राको रातभरीको अनिन्दोले त्यति ख्याल नगरीकन थकाईले गर्दा त्यतिकै सुत्नुतिर हतारिन्छ । भोलिपल्ट एका बिहानै निद्राले छोड्छ र एताउती आंखा डुलाउदा बिल्कुलै नयाँ देख्छ । पुगेको केहीदिनमा छोराले आफु सकु्शल बिदेश अवतरण गरेको खबर आमा बुबालाई बताउछ । यता बुबा आमालाई सबैको छोराहरुले कमाएर स्वदेश फर्केको देख्दा अलि आशा पलाउँछ ।

गएको केही दिन सम्म उ अक्क न बक्क हुन्छ र विदेशी ठाँउ, विदेशी भाषा, विदेशी खानापिना, विदेशी नै पहिरन उसलाई सबै कुरा नयाँ हुन्छ । उसको जिवनको सुरुवत नै नयाँ हुन्छ किनकी उसले त विदेश भन्ने शब्द मात्र सुनेको हुन्छ र अब ति सुनेका कुराहरु आफै भोग्न बाध्य हुन्छ । 

बिहान सबेरै आँखाको निन्द्रालाई खोस्नु पर्दाको पीडा त पोखी साध्य हुँदैन । परदेशमा चाहे टन्टलापुरको घाम होस या त अत्यन्तै चिसोमा किन नहोस अथवा अशक्त भएको अबस्था नै किन नहोस काम नगरी सुखै पाइदैन । धरदेशबाट सात समुन्द्र पारीको परदेशमा रहेर लगातार काम गर्नु पर्दा उ आफ्नो घरलाई झलझली सम्झन पुग्छ । यति मात्र कहाँ हो र विदेशीको पेलाई अन्तरदेशीहरुको घोचाई र भाषाभाषीको पनि उस्तै अनकन्टार बालुवाको ठाउँमा उसलाई यसरी समय फाल्न एकदमै कठिनाई भैरहेको हुन्छ । यस्तै यस्तैमा महिना दिन पुग्दछ । भनेको महिनाको तलब छोराले पाए पनि काममा भने एक्दमै कठोर परिस्थितिले खटिनु पर्ने हुन्छ । अर्कोतिर आफ्नो आदात परिर्वतन गर्नुलाई निकै ग्राह्रो भैरहेको हुन्छ । जेनतेन आफुले कमाएको पनि केही महिना पछि पठाउन थाल्छ, आमा बुबालाई पनि महिनामा बाक्लै बातचित गरिरहन्थ्यो तर बिस्तारी बिस्तारै आफ्नो छोराको हालखबर त एक्कासी पातलो हुदै जानु थाल्यो । सबै अभिभाबकको मनमा आफ्नो छोराछोरी प्रतिको माया  अगाध हुन्छ तर दुर्भाग्यबस सपना उदेश्यहरु सबै बिपरित हुदै जान्छ । 

एक्कसि छोराको टेलिफोन सम्पर्क चट्टकै बन्द हुन्छ । एता बाबा आमाले आज आज भोली भोली भन्दा भन्दै दिन महिना हँदै वर्ष बित्छ । त्यसपछि बाबा आमालाई अत्यासै लागेर पहिलाको भएको नम्बरमा पटक पटक सम्पर्क गर्दा एकदिन संयोगबस नेपालीले नै उठाउछ र एता बाबाले आफ्नो छोराको बारेमा सोधिखोजी गर्ना साथै .....फोनको आवजमा ...बाबा... बाबा भनेर निकै धिमा आवज दोहोरिन्छ ... र बाबाले फेरी नानी मेरो छोरालाई चिन्नु हुन्छ ....? बाबाले फेरी सोध्नु हुन्छ ... र टेलिफोन मार्फत छोराको वास्तविक यथार्थ थाहा पाउँछन् । छोराले आफुले काम गर्दै गरेको कम्पनिबाट भागेर अबैधानिक रुपमा अर्को कम्पनिमा काम गर्दै गरेको, त्यति मात्रै नभएर विदेशमै माया पिरतीमा चुर्लुम्म डुबेर एउटा केटीसँग त्यस्तै अबैधानिक रुपमा बसेको र छोराले चाहि लुकीछिपी काम गर्दै आएको जानकारी पाउँछन् । 

एकदिन आफ्नो काम सकेर घर फर्कदा बाटो काट्टने क्रममा सडक दुर्घटनामा परेर छोराको मृत्यु हुन पुग्दछ र शोकको यो खबर बाबा आमाले सुनेपछि उनीहरु शोकमग्न हुन्छन् । उनीहरुको जीवनमा आकास नै खसेर किचे जस्तै हुन्छ । दैवको लीला ! प्राण भन्दा प्यारो मुटुको टुक्रा समान छोरो बाबु आमा भन्दा अघि लागे पछी को नै सम्हालिन सक्छ र ! त्यो पनि परदेशमा, जेनतेन बाबा त सम्हालिए तर आमा भने मुर्छा पर्छिन्  र उनको होशमै नआइकन केही दिन पछि मृत्यु हुन पुग्छ । बिस्तारै छोरा र श्रीमतीको वियोग भुल्दै जान्छन् र श्रीमती बितेको बर्षादिन पनि नभैकन बाबाले अर्की श्रीमती बिवाह गर्छन् । उता आमाको नाखामुन्द्रो र गैरीखेतको धितो पनि त्यतिकै सिमित हुन्छ । यसरी एउटा आमा बाबुले आफ्नो छोरा देखि लिएर सबै धन सम्पती खर्चेर केही उन्नती गरकोमा विदेशले कतिपयलाई हँसाएर जुटाएको छ भने धन र ज्यानै समाप्त गराएर कतिपयलाई दुःखै दुःखैले जीर्ण बनाएर उठिबास बनाएको छ ।