10 Falgun, 2074 | 22 February, 2018 Thursday
तीतोपाटी डट कम -  भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका ५ याकुमा एक ११ वर्षिया बालिकाको छिमेकी युवकको अवैध यौन सम्बन्धबाट गर्भ बसेको छ ।

छिमेकी २१ वर्षीय दुर्गाबहादुर श्रेष्ठले ११ वर्षीय0 वालिका निशा (नाम परिवर्तन) लाई ललाई फकाई शारीरिक सम्पर्क राखेपछि गर्भवती भएकी हुन् । पीडित बालिकाकी माइजू निम घलेले बताएअनुसार घरमा बालिकाको पेटमा गर्भ रहेको रहस्य थाहा पाएपछि गाउँले बसेर बालिकालाई दुर्गाबहादुरको जिम्मा लगाएका थिए ।

‘मैले याकुको स्वास्थ्य चौकीमा लगेर जँचाउँदा गर्भ ६ महिनाको पुगिसकेको देखियो ।’ उनले भनिन् । निशाको बुवा श्रेष्ठ र आमा दलित समुदायको भएकाले केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै घरमा पस्न दिएनन् । गाउँलेहरुले पनि अर्काको पेट बोक्ने भन्दै कहीँ कतै बस्न नदिएपछि केटा र केटी असारको तेस्रो सातातिर गाउँबाटै निकाला भएको माइजूले बताइन् ।

गाउँका अगुवा, बुज्रुक तथा स्वयं प्रहरीले समेत घटनाको विषयमा कुनै चासो नदिएकोमा उनले दुःख व्यक्त गरिन् । स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्दै गरेका दुर्गाबहादुरले बालिकालाई लिएर धरान झरे पनि उनले अहिले छाडेपछि बालिकाको झनै विचल्ली भएको छ ।

बालिका केही दिन आफन्तको संरक्षणमा रहे पनि अहिले मागेर खाइरहेकी छन् । महिला तथा बालबालिका कार्यालय, भोजपुरकी महिला विकास अधिकृत पुष्पलता उप्रेती बालिकाको अभिभावकले आफूहरु पक्राउ पर्ने डरले अहिलेसम्म कहिंकतै कानुनी उपचार नखोजेको बताउँछिन् ।

बालिकालाई केटाले छाडेको र गाउँलेले नै निकाला गरेपछि भने आफूकहाँ कुरा आएको र आजैतिर आफूले जिल्ला बोलाएको उप्रेतीले बताइन् ।

‘सबैभन्दा पहिले त यति कम उमेरमा गर्भ बसेकाले बालिकाको स्वास्थ्य अवस्था पहिलो शर्त हुन्छ, डाक्टरहरुबाट चेकजाँच गराउनुपर्छ अनि उनलाई कहाँ संरक्षण गर्ने, पीडकमाथि के कस्तो कारवाही गर्ने पछिल्लो चरणमा गर्नुपर्छ त्यसको लागि म समन्वय गरिरहेको छु ।’ प्रमुख उप्रेतीको भनाइ छ ।

-अनलाइनखबर


महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ