5 Kartik, 2074 | 22 October, 2017 Sunday

तीतोपाटी डट कम - स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका रसुवाका उम्मेदवारहरुले निर्वाचन खर्च सार्वजनिक गर्न बेवास्ता गरेका छन् ।निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण अनिवार्य पेस गर्नुपर्नेमा अहिलेसम्म २५ प्रतिशतले मात्र निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

जिल्लामा विभिन्न पदका लागि ५ सय १७ जनाले चुनावमा प्रतिस्पर्धा गरेकोमा १ सय २० जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी नबिन खालिङले जानकारी दिए ।

नियम उल्लंघन गर्दै निर्वाचन खर्च विवरण नबुझाउने ३ सय ९७ जनालाई कारबाही गर्ने तयारी भइरहेको खालिङको भनाइ छ ।