10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डट कम-  साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो ।

पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रधान न्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गर्नुभएको छ । बिहान ८ बजेसम्म ३५ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको कोषले जनाएको छ ।

पशुपतिमा विशेषगरी हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ । रासस 


महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ