5 Kartik, 2074 | 22 October, 2017 Sunday

तितोपति डट- कमकाठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सामाखुसी घटनाको जिम्मा आफुले लिने बताउदै यस्ता घटना नदोहोरिउन भन्नका लागि व्यवस्था मिलाइएको बताएका छन् ।

आइतबार एक विज्ञप्ति निकाल्दै मेयर शाक्यले सडक बनाउँदा पानी बग्ने ठाउँ साँघुरो भएर वर्षातको पानीले निकास नपाउँदा शुक्रबारको घटना भएको बताएका छन् ।

शाक्यले महानगरबासीका हरेक समस्याहरुलाई गम्भीरतापुर्वक लिने र जवाफदेहि ढंगबाट कार्य गर्न प्रतिबद्ध रहेको भन्दै घटना भएको क्षेत्रमा तत्काल स्थलगत अध्ययन गरी जेजे गर्नुपर्ने हो सो समेत गर्ने गरी महानगरपालिकाका प्राविधिक कर्मचारी र नगर प्रहरीलाई जिम्मेवारी तोकी पठाइएको उल्लेख गरेका छन् । साथै शाक्यले आगामी दिनमा यस्ता घटना नदोहोरिउन भन्नका लागि पुर्व तयारी र पूर्वाधारहरुको सुधारका कार्यलाई संगसंगै अगाडी लैजाने बताएका छन् ।

मेयर शाक्यले यस्तै किसिमको अर्को घटनामा परी कक्षा ३ मा पढ्ने १० बर्षिया विनिता फुयालको मृत्यु भएको घटना प्रति दुख व्यक्त गर्दै पिडितका परिवारलाई सम्पर्क गरी आवस्यक सहयोग गर्ने व्यवस्था मिलाइने जनाकारी दिएका छन् ।