5 Kartik, 2074 | 22 October, 2017 Sunday

तीतोपाटी डट कम -  प्रवाशमै बसेर पनि गीत संगीतको साधनामा लागेका सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक डोलराज न्यौपानेको दोश्रो तीजको कोसेली "कदमको छायाले" गीत युटुबमार्फत बजारमा आएको छ ।


आउछु आमा जन्म भूमीमा, के को हतार जस्ता चर्चित अनी सुमधुर गीत पस्की सकेका न्यौपानेले भखरै मात्र मुना थापाको साथमा “कदमको छायाले” प्रस्तुत गरेका हुन । अकला देवि म्युजिकले बजारमा ल्याएको उक्त गितको शब्द सिर्जना माया न्यौपानेले गरेकी हुन भने सङ्गित सम्योजन डोलराज स्वयमले गरेका छन् ।


टंक के.सि. को छायंकन, विकाश ज्ञावलीको सम्पादन र मदन खड्काको निर्देशन रहेको उक्त  म्युजिक भिडियोमा अर्जुन पाण्डे र रोजि कुवरको मुख्य भुमिका रहेको छ ।