8 Bhadra, 2074 | 24 August, 2017 Thursday
तीतोपाटी डट कम - नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन प्रति जनसम्पर्क समिति कुवेतकले शोकसभाको अायोजना गर्यो । सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा कुवेतको जिलिब स्थित हिमालय रेस्टुरेन्टमा शुक्रबार एक कार्यक्रम गरि शोक मनाइएको जन-सम्पर्क समिति कुवेतले जनाएको छ । जोशीको निधनमा नेपाली कांग्रेसले  देश भर ३ दिन सम्म पार्टीको झण्डा अ।धा झुकाएर शोक मनाएको छ ।

नेपाली कांग्रेसका संस्थापकमध्ये एक मात्र जीवित नेता रामहरि जोशी बाथरुममा लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा राजधानीको ग्रान्डी अस्पतालमा बिहीबार साँझ साढे ७ बजे निधन भएको थियो। उनी मिर्गौला र मस्तिष्कसम्बन्धी रोगबाट पीडित थिए । सर्लाहीको मलंवा पुख्र्यौली घर भएका उनलाई कांग्रेसले ‘ज्युँदा सहिद’का रूपमा मान्दै आएको थियो।

जोशी सन् १९४७ (वि.स २००३) मा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडेका जोशीले नौ वर्ष जेल जीवन बिताएका थिए । उनी २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बनेका थिए । जोशी मूल्य, निष्ठा र इमानको राजनीति गर्ने नेताका रुपमा चिनिन्थे । जोशीले पार्टीको नवौं (०५३) र दशौं (०५७) महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिएका थिए । ।