5 Kartik, 2074 | 22 October, 2017 Sunday

तीतोपाटी डट कम- सुनसरीमा एक देवरले दानवीय ब्यबहार देखाएका छन | सुनसरी बराह नगरपालिका वडा नम्बर ३ टेकाने कुन्ज राइटोल बस्ने धेनुका राइ लाई आफ्नै देवर नबिन राइले मरणासन्न हुनेगरी कुटपिट गरेका छन्।

उनि नडाहा स्थित नन्द (श्रीमानको बहिनी )को घर पाहुना खान गएको बेला नबिन राईले एक्कासी हातपात गरेको स्थानीयवासीले बताएका छन् । उनलाई देवरले कुटेको यो दोश्रो पटक हो | उनको श्रीमानको पनि निधन भै सकेको हुनाले देवरले यस्तो दानवीय व्यवहार गर्न कुनै डर छैन – स्थानीयले भने | घाइते राइलाई उपचारको लागी बिहीबार राती नै धरान स्थित बि पि क्याम्पमा लगिएको थियो |

निर्मम कुटपिटबाट उहाँको नाकमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्राव भएको थियो। उहाँको नाकमा भएको गहिरो चोटमा ८ टाका लगाइएको छ | देवर नबिन राइ लाई भने बिहीबार राती नै इलाका प्रहरीले पक्राउ गरि लगेको स्थानीयले बताएको छन्। घाइते धेनुका को साथमा एक छोरा रहेकोे छ । उनको श्रीमानको केहि बर्ष अगाडी नै निधन भएको हो |