2 Poush, 2074 | 17 December, 2017 Sunday
तोयानाथ उपेक्षित - स्याङ्जा सहयोग समाज कुवेतले त्यहाँ स्थित ग्रामीण बस्तीहरुका बासिन्दालाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाएको छ । विकट बस्ती तथा यातायातको पर्याप्त सेवा नभएका गाउँहरुमा शिघ्र स्वास्थ्य उपचारको पहुच नहुदा अकाल मा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्यका लागि कुवेतमा रहेका स्याङ्जालीहरुले संकल्प गरेका छन ।


सन २०१४ मा आफ्नो गृह जन्मभूमिका लागि केही गर्न शिब प्रसाद कोईरालाको नेतृत्वमा स्याङ्जालीहरु गोलबद्ध भएका थिए । यसबीच आफ्नै पहलमा उनीहरुले कुवेत भित्र र बाहिर रहेका अनेकौ समस्याहरुमा सरसहयोग गर्दै आएका छन । हाल आएर उनीहरुले जिल्लामा दुई दुइ वटा एम्बुलेन्स एकै पटक दिने गरि योजना बनाएर अघि बढेका छन । 


अध्यक्ष शिब प्रसाद कोईराला भन्नुहुन्छ हामीसँग भएको कोष रित्याउदा एउटा एम्बुलेन्स आउछ अर्को एम्बुलेन्सका लागि सहयोग चाहियो । यसका लागि कुवेत भित्र रहेका तमाम सहयोगी हातहरुको साथ माग्दछौं यसरी नै संसारभरी रहेका स्याङ्जालीहरुले पनि निशंकोच सहयोग गर्नु हुनेछ भन्नेमा आशाबादी छौं ।


११६४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्याङ्जामा एउटा एम्बुलेन्सबाट शुरु गर्दा ग्रामिण भेगका अधिकांश भागहरु छुट्छन । यसले समाजमा मेरोतिर र तेरो तिर भन्ने नकरात्मक प्रचार पनि हुन सक्छ अध्यक्ष कोईरालाले जिल्लाका ग्रामीण भेगको आवश्यकता र विदेशमा छरिएर रहेका स्याङ्जालीको भावनालाई समेत सन्तुलनमा राख्न एकै पल्ट तत्काललाई दुई वटा को आवश्यकता देखेको र सोही अनुरुप एम्बुलेन्स सेवा संञ्चालनको खाका र योजना बनाएको बताउनु हुन्छ । स्याङ्जा सेवा समाज कुवेतले बनाएको योजना बमोजिम उपलब्ध गराईने दुईवटा एम्बुलेन्स मध्ये एउटालाई जिल्लाको दक्षिणी ईलाका का साँखर, सेखाम, रत्नपुर, चापाकोट, कुवाकोट,पकाडी, तुल्सी भंज्याङ हुदै गल्याङ् र सोही आसपासका बासिन्दालाई सेवा दिने गरी संञ्चालनमा ल्याईने छ भने अर्को एम्बुलेन्स चित्रे भंज्याङ्ग, गिरकोट, क्याक्मी, किटिया, चिन्नेवास, मल्याङ्कोट, दार्सिङ्ग, घुलचौर, बडहरे, जगत भंज्याङ्ग वालिङ आसपासका बासिन्दाले उपभोग गर्ने छन । 


स्यांङजा सहयोग समाजको गठन यता यसले कुवेतमा रहेका दर्जनौ सघ सस्थाको आव्हानमा सधै साथ र सहयोग गर्दै आएको ईतिहास छ । यहि सहकार्यको सदभावले  आज उसलाई पनि आफ्नो ठाउँमा केही राम्रा काम गर्ने उर्जा र उत्प्रेरणा मिलेको स्याङजालीहरु बताउछन । हामी सफल हुन्छौ भन्नेमा पूर्ण विश्वस्त छौ अध्यक्ष कोईराला भन्नु हुन्छ । उहाँले कुवेतमा रहेका सँघ सस्था, व्यापारी, बुद्धिजीवी, पत्रकार तथा व्याक्ति विशेषमा यस मानविय सेवाको कार्यका लागि मनखोलेर सहयोग गर्न आव्हान पनि गर्नु भएको छ । 


सम्पर्क व्याक्तिहरु 
१ शिब कोईराला फोन ५०४३५३२५रु ९९५१२७४९
२ बीबी मल्ल ठकुरी ९६९८१०६२
३ बोम बहादुर पुलामी ९९४५८४६४
४ ठाकुर प्रसाद पौडेल, ६०६४९१११
५ विजय ढुंगाना ६६५७६४४५
६ शिब शाही ६९९७९५८६
७ केशब श्रेष्ठ ५०६४२२८३
८डिल्लीराम पाठक ९९२९८१२८
९ गंगाराम न्यैपाने ६६०६५२२९
१० श्रबण कुमार गाहा ६७६७८३६८
११ कृष्ण चन्द ६९०५६०२३
१२ रामु भट्टराई ९०५३४५५०
१३ मोहनीलाल थापा ६५६७५२७३
१४ हरी प्रसाद गैह्े 
१५ ठाकुर प्रसाद पाण्डे
१६ कृष्ण सुनार ६७७९४८२६
१७ सूर्य ओस्ती ६६४७२४४०
१८ रुक्मांगद पाण्डे ६६७३८२४५
१९ गणेश पाण्डे 
२० टिकाराम न्यैपाने
२१ सन्तोस कोईराला ५५१५८३४२