3 Poush, 2074 | 18 December, 2017 Monday
अामा
2017-07-16 | तीतोपाटी डट कम

अामा


-बसन्त थापा


ढोकामा स्पष्ट लेखिएको थियो,

"भित्र कोहि न आउनु, म दुःखी छु आज।"

शिक्षित सबै फिर्ता भए

एउटै भित्र आयो जो अनपढ थियो ।

उहाँ मेरी #आमा हुनुन्थ्यो।

माया दियोस त, तिमीले दिए जस्तो

आँसु पियोस त, तिमीले पिए जस्तो

नौ महिना कुनै, नौ सेकेन्ड होइन

पीडा लियोस त, तिमीले लिए जस्तो

हजुरका हातका औला समाएर बाटो चिँने

हजुरलाई काँधदिई बिसाउदा माटो चिने

मेरो मठमन्दिर र भगवान पनि तपाई

निस्वार्थ ममताको भिन्न एउटा पाटो चिने

#आमा