10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डट कम - सगरमाथा परोपकारी समाज कुवेतले नेपाल फर्कने टिकटको पैसा नभएर नेपाल जान नसकेका एक जना नेपालीलार्इ कुवेतबाट नेपाल फर्कने टिकट सहयोग गरेको छ । करिब ८ महिना अघि कुवेतमा होटल कामदारको रूपमा आइपुगेका कपिलवस्तु  गजहेडा -०१ झुँगा घर भएका मनोज हमाल शारीरिक अस्वस्थ भर्इ वेखर्ची भएको बेलामा नेपाल फर्कनु पर्ने अबस्था सिर्जना भएपछि समाजले सो सहयोग गरेको कुरा उक्त समाजका अध्यक्ष बसन्त थापाले तीतोपाटी डट कमलार्इ बताए ।

 

 होटेलमा कामदारको रूपमा काम गर्दै रहेका हमाल दुई दिन अघि ड्यूटी जाने तयारीमा बिहानको ६:३० मा बाथरूममा नुहाउन गएका बखत एक्कासी बेहोस भएर लडेपछि स्वास्थ्य परिक्षण गर्नको लागि नेपाल जान  लागेका हुन् । बाथरूम गएको धेरै बेर सम्म पनि ढोका नखोले पछि सहकर्मी साथीहरूले बाथरूमको ढोका तोडेर मनोजलाई बहोस अवस्थामा बाहीर निकालीएको भन्ने सहकर्मी साथी किरण पोख्रेलको भनार्इलार्इ उध्रित गर्दै सगरमाथा परोपकारी समाजका अध्यक्ष थापाले अचानक बिरामी परेको र बेखर्ची भएको थाहा पाएपछि समाजले हमाललार्इ सहयोग गरेको बताए ।

 

बिरामी हमाल नेपाल जान चाहेको र नेपाल जान उनी सँग हवाइ टिकट किन्ने पैसा समेत नभएको जानकारी समाजलार्इ प्राप्त भए पछि अध्यक्ष थापा स्वयंले पीडितलार्इ भेटेर सहयोग गर्ने बचन दिएका थिए । सगरमाथा समाजमा आबद्ध सम्पुर्ण साथीहरूसँग विशेष छलफल गरी कुवेतबाट नेपालसम्मको ५० केडि अर्थात नेपाली १७०००।– रूपैयाँ बराबरको एकतर्फी टिकट उपलब्ध गराएको सँस्थाका अध्यक्ष बसन्त थापाले बताए भने पीडित मनोज हमाल पर्सी १७ जुलार्इ २०१७ का दिन बिहान ९:४० एअर अरबीयाको उड़ान मार्फत नेपाल जाने तीतोपाटीडट कम लार्इ बताए । करार अबधि पुरा नहुँदै स्वदेश फर्कनु परेको र वेखर्ची भएका बेलामा सहयोग पाएकोमा सहयोगी सँस्था सगरमाथा परोपकारी समाज कुवेत तथा सहयोगी सम्पुर्ण साथीहरूलाई पीडित मनोज हमालले बिशेष धन्यवाद दिएका छन्

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ