12 Shrawn, 2074 | 27 July, 2017 Thursday
गजल - राम कँडेल
2017-07-15 | तीतोपाटी


गजल 

बिराएर बाटो नजाऊ न प्यारा 
पुगेकैछ आटो नजाऊ न प्यारा 

अहो कत्ति जिद्दी गरेको बिहानै 
खने गल्छ माटो नजाऊ न प्यारा 

दुखेकैछ छाती अझै बल्छ आगो 
झनै पर्छ फाटो नजाऊ न प्यारा 

बिसाएँ म बिन्ती रिसाए सहन्छु 
बरू बन्छु लाटो नजाऊ न प्यारा

अरू बढ्छ पीडा तिमी नै गएसी 
झनै दुख्छ खाटो नजाऊ न प्यारा 

राम कँडेल बाग्लुङ 
हाल दक्षिण कोरिया