5 Kartik, 2074 | 22 October, 2017 Sunday
हरि कृष्ण न्यौपाने-बि.स.२०७२ सालको कार्तिकको अन्त्य तिर कुवेतमा घरेलु महिला कामदारको रुपमा भारतको बाटो हुँदै आएकी सिन्धुपाल्चोक दुबाचौर गाबिस वार्ड नं-३ हालको मेलाम्ची नगरपालीका बालुवा दुबाचौर, वडा नं ७की सरिता तामाङ परिवारसंग संपर्क बिहिन जस्तै भएकी छन।कुवेत आएको केही महिना सम्म इन्टरेनटको नंबरबाट घरमा कुरा गर्ने सरिता लामो समय देखी बेखबर छिन।

सरिताले ६-७ महिना पहिले इन्टरनेटकै नंम्बरबाट फोन गरेर आफु कुवेतमा खतरामा रहेको र आफुलाई उद्दार गर्न परिवारलाई आग्रह गर्दै रोई-कराइ गरे पनि उनको परिवारको आग्रहलाई अहिले सम्म कसैले सुनेको छैन।सरिताको दाजु सोमर तामाङ भन्छन "बहिनिले ६-७ महिना अगाडि म कुवेतमा खतरामा छु मलाई बचाउनुस भनेर रोएर फोन गरे देखी हाम्रो परिवारमा भोक-निन्द्रा छैन।हामीहरुसंग सरिताको कुनै संपर्क नंम्बर वा ठेगाना केही छैन। सरिताका नाबालक छोरा-छोरी सधैं आमा कहिले आउने भन्छन। बैदेशिक रोजगार बिभाग देखी पररास्ट्र मन्त्रालय धेरै पटक धाइयो।बिभिन्न ठाउँबाट खोजी गर्दा बल्ल पासपोर्टको लागि भरिएको फारम भेटियो तर हाम्रो रुवाइ सुन्ने र सरिताको उद्दारमा चासो दिने कोही भएन।"

राहदानी नम्बर-०५८४६२४३ र नागरिकता नम्बर १०७७४७५ भएकी सिन्धुपाल्चोक दुबाचौरकी २७ बर्षिय सरिता तामाङलाई भारतको अबैधानिक बाटो हुँदै कुवेत ल्याउने गाउ नजिकैका मेलाम्ची नगरपालीका सिमाबार वडा नं ८का श्रीलाल स्यान्ङ्बो हुन। जब सरिता संपर्क बिहिन भईन त्यसै बेला देखी उनलाई कुवेत पठाउने एजेन्ट श्रीलाल स्यान्ङ्बो पनि घरबाट भागेको सरिताको दाजु सोमरले बताए। 

यसै बिच सरिता तामाङको अवस्था बुझी उनको उद्दारको लागि नेपाली दुताबास कुवेत, एनआरएनए,पत्रकार महासंघ,कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाहरु र सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई परिवारले आग्रह गरेका छन। 

फोटोमा देखिएकी सरिता तामाङलाई देख्नु वा चिन्नु हुनेले तीतोपाटी डटकम टिम वा हरी कृष्ण न्यौपाने-+९६५-६५०४२२१६ वा सरिताको गाउले हर्क बहादुर तामाङ +९६५-६५६१२६०३ वा नेपाली दुताबास कुवेतको हटलाइन-+९६५-९८८६९१२१ मा सम्पर्क गरिदिनु होला।