5 Kartik, 2074 | 22 October, 2017 Sunday
तोयानाथ उपेक्षित - यो धर्तिमा को जीवित छ र को मृत छ भनेर एउटा बहस गर्ने हो भने अनेक थरीका धारणा र तर्कहरु आउछन तर विश्व ब्रमाण्डको रचना र यसको चक्रलाई गहिराईमा गएर अध्यायन गर्ने हो भने मृत्यु र जीवनको खासै अर्थ रहदैन । ब्रमाण्ड मा जति पनि ग्रहहरु छन तिनमा जीवन अनुकुल बाताबरण भईदिने हो भने जहाँ पनि जीवन को उत्पती हुन सक्छ भन्ने सास्वत सत्य कुरा छ । जब अनुकुल बाताबरणको कुरा मा जीवन जन्मन्छ, फल्छ फुल्छ भन्ने सास्वत कुरा स्वीकार गरेपछि जीवन कहाँ छैन त ? जीवन त सवै ठाउँमा कुनै न कुनै रुपमा रहेको हुदो रहेछ भन्ने बुझ्न कठिन भएन ।

हामी सोच्दछौ तिथि र मिती को गणना त हाम्रो ज्ञान र व्यवस्थित हुदै गरेको मानब सँस्कृतिले शुरुवात गरयो । जुन तिथी र मिती आज समयका एउटा भाग भई दियो । यसैका आधारमा हामी हाम्रो जीवन को हिसाव किताव गर्दछौ । हाम्रा पुस्ताको ईतिहास बुझ्ने गर्दछौ हामी बस्ने सानो यो पृथ्वीको छेउ कुना कहाँ के थियो भन्ने खोज्न आधार मान्दछौ तर यो हाम्रो संझनाका लागि हामीले तयार गरेको ऐतिहासिक गणना मात्र हो समय त तबबाट शुरु भयो जब बाट पृथ्वी को उत्पति भो । तर होईन समय लाई त्यो भन्दा पहिले बाट नै गणना गरिएको छ । जब यो पुरा ब्रमाण्ड थिएन तबमात्र समय थिएन तर जब यो ब्रमाण्डको उत्पति भयो तब समयको पनि उत्पति शुरु भयो भनिन्छ । पृथ्वी त यो सारा ब्रमाण्डको तुलनामा एउटा सानो कण मात्र हो । विश्व ब्रमाण्डको तुलनामा पृथ्वीको आकार हाम्रो जोग्राफिकल नक्सामा देखाउन नसकिएको एउटा सानो देश वा ठाउँ जस्तै हो ।

यो विशाल र अनन्त ब्रमाण्डको उत्पति विग व्यांक थ्यौरी को आधारमा एउटा विन्दुको विस्पोट बाट शुरु भएको र यो क्रम निरन्तर चलिरहेको मानिन्छ । ब्रमाण्डको एउटा छेउ बाट अर्को छेउ यति अनन्त छ कि त्यसलाई हाम्रो कल्पनाले अनुमान लगाउन पनि सक्दैन । अझ यसो भनौ कि यो ब्रमाण्डामा रहेको लाखौ ग्यालेक्सीहरु, हजारौ सौर्यमण्डल र कयौ व्लाकहोल हरु छन । एउटा ग्यालेक्सीमा करोडौ ताराहरु छन । एउटा व्लाकहोल भित्र लाखौ पृथ्वीहरु हराएको पत्तै हुदैन । कयौ ग्रह यति ठुला छन जसलाई पार गर्न लाखौ प्रकाश बर्ष को समय लाग्छ । जब यति विचित्रको ब्रमाण्डमा पृथ्वीको आकार प्रकार लाई एउटा धुल कण बराबर मान्नु पर्ने हुन्छ । यस्ता कयौ धुल कण होलान जसको कुनै हिसाव किताव छैन । मानविय क्षमता र ज्ञान को पहुच नहुदा ती सवै पृथ्वी जस्ता ग्रहहरु सँग हाम्रो सम्पर्क हुन नसकेको हो । एलियन र यो सगँ सम्बन्धित कथा र कल्पना न त गलत छन नत साँचो हुन भनेर प्रमाणीत नै गर्न सकिन्छ तर एउटा कुरा पक्का छ कि पृथ्वी जस्ता जीवनपयोगी ग्रहरु धेरै छन । 

जब जीवन र यसप्रतिको प्रेम का कुरा हुन्छन । ती साँच्चै अज्ञानताका कारण यति धेरै प्रिय छन र पुन जीवनको आरम्भ हुने हो वा नहुने हो त्यसको हेक्का नभएर मानिस पिरोलिरहेका हुन्छन । यसलाई पनि अर्को बहसको विषय बनाएर हेर्न सकिन्छ तर पृथ्वीमा रहेका विभिन्न तत्वहरुको अध्यान गर्ने हो भने जीवन अवनाशी पक्का छ । यो कहिल्यै मर्दैन, मात्र रुप परिर्वतन हुन्छ । यो चेतन वा अचेतन कुनै पनि रुपमा रहिनै रहेको हुन्छ । हामीले मृत भनिएको कुनै पनि बस्तुमा जीबनमा हुने सवै कुरा हुन्छन । एउटा जीवन भित्र लाखौ अन्य जीवनहरुको अस्तित्व रहेको हुन्छ । हरेक भौतिक वा अभौतिक दुवै अस्तित्वको रचना पदार्थबाटै भएको हुन्छ । पदार्थ कुनै कणहरुको संगठित स्वरुप हो । कणहरुको सानो आकार अणु परमाणु हो । तिनको पनि सानो भाग ईलोक्ट्रोन न्युट्रोन र प्रोटोन हो भने यो भन्दा पनि साना भागहरु हुन्छन । हाम्रो जीवन जब मर्दछ तब पनि हाम्रो शरिरमा विभिन्न कोषहरु अर्थात जीवनहरु जीवित नै हुन्छन । ती कोषहरु तिनै ईलोक्ट्रोन प्रोटोन र न्युट्रोनबाट बनेका हुन्छन । कुनै अभौतिक पर्दाथमा पाईने कुरा पनि यीनै हुन । पर्दाथ प्राकितिक अनुकुलतासँग सक्रिय वा निस्क्रिय रुपमा परिवर्तित हुने हुनाले जीव वा जीबनको रचना र क्रिया त्यही रुपमा देखा पर्दछ । हावा, पानी र ताप को अनुकुल संयोजनमा चलायमान अस्तित्व को विकाश हुन्छ त्यही नै हो जीवन र त्यसैको रचना को एउटा रुप हौ हामी । यसर्थ जीवनको गहिराईमा गयो भने यो बुझिन्छ की यहाँको कोही जीवित छैन या त सवै जीवित छन । यसको मतलब यहाँ कुनै मृत्यु छैन सवैतिर जीवन छ किनकी पृथ्वी जिवन पिण्ड हो । यहाँ जीवन कहिल्यै मर्दैन । मात्र त्यो कति सक्रिय र कति निस्क्रिय भएर बाँचेको छ कुरा त्यति नै हो ।