9 Ashwin, 2074 | 25 September, 2017 Monday
तीतोपाटी डट कम - अन्तराष्ट्रिय कलाकार समाज कुवेतको आयोजनामा संचालन हुदै गरेको नेपाली डान्सिङ स्टार २०१७ को फाईनल प्रतियोगिता यहि जुलाई महिनाको २८ तारिख शुक्रबार जिलिब अब्बासिया स्थित पपिन्स् हलमा हुने भएको छ |

जम्मा १२ जना प्रतियोगी सहभागी रहेको सो प्रतियोगितामा फाइनल राउण्ड सम्म अ।इपुग्दा ४ जना छनोट भएका छन्  जसमा अस्मि तामांग, सुनिल परियार, मनिता रसाइली र दिपेस श्रेष्ठ रहेका छन् |

फाईनल प्रतियोगीता हुने दिन कुवेतमा क्रियाशील संघसंस्थाले कुनैपनि कार्यक्रम नराखी कार्यक्रममा सहभागी भै दिनुहुन कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधि, पत्रकार, बुद्धिजीवि, समाजसेवी, कलाकार तथा कुवेतबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आयोजक  अन्तराष्ट्रिय कलाकार समाज कुवेतले अनुरोध गरेको छ |

फाइनल प्रतियोगिता हुने स्थान, मिति र समय यस प्रकार रहेको छः
मिति: जुलाई २८ तारिख शुक्रबार
स्थान: जिलिपको पपिन्स हल
समय: दिनको ठिक १२ बजेदेखि