3 Poush, 2074 | 18 December, 2017 Monday

तीतोपाटी डट कम-  सप्तरीका बाढीपीडितलाई नेकपा एमालेले राहत वितरण कार्य सुरु गरेको छ । मंगलबार मात्रै भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुका साथमा एमालेले बाढीबाट विस्थापित एक हजार परिवारलाई राहत वितरण गरेको हो ।

‘हामी पीडितलाई पहिलो पटक एमालेले नै राहत दियो,’ राहत सामग्री बुझ्दै पीडित राजु धोविले भने– ‘एमालेलाई मधेश विरोधी भन्थे तर यसैले राहत दियो मधेशको कुरा उठाउने र एमालेलाई मधेश विरोधी भनी असली मधेशका प्रतिनिधी भन्नेहरु यस्तो समस्या पर्दा कता गए ?’

टिलाठी कुनौली बोर्डरको दशगजामा भारतले बांध बाधेर पानी रोकेपछि राजविराज नगरपालिकाको ३ वडा, कृष्ण शहर गाउँपालिकाको १ नम्बर वडा, त्रिहुत गाउँपालिका, तिलाठी गोईलाडी गाउँपालिकाको अधिकांश भाग डुबानमा परेका छन् । डुबानबाट एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई एमालेले आजबाट राहत बाड्न सुरु गरेको एमाले केन्द्रीय सदस्य सुमन प्याकुरेलले जानकारी दिए ।

तराईको हकअधिकारको लागि लड्दै आएको बताउने मधेसवादी दल भने अहिले संविधान संशोधनको कसरतमा बालुवाटार धाइरहेका छन् । उनीहरुलाई ढुबानमा परेका मधेसी जनताभन्दा बालुवाटार प्यारो भएको छ ।

स्थानीय वुद्दिजिवी शैलेन्द्र चन्द झाका अनुसार आफ्नो भुमी संरक्षणको लागि भारतले दशगजामा बाध बाधेको छ । जसका कारण वर्षाका बेला मौली र खांडो नदीको बहाव बढेर वर्षेनी नेपालका तराईवासी डुबानमा पर्ने गरेका छन् ।

यस्तो डुबानमा परि विस्थापित हुँदा पनि सरकारबाट केही राहत नपाएको भन्छिन् टिलाठी कि मंगल शेख । त्यस्तै, दुःख पोख्छिन एकल महिला राजविराज ८ कि शान्ति शाह । ‘हामी पीडितलाई पहिलो पटक एमालेले नै राहत दियो,’ राहत सामग्री बुझ्दै डुबान पीडित राजु धोविले भने– ‘एमालेलाई मधेश विरोधी भन्थे तर यसैले राहत दियो मधेशको कुरा उठाउने र एमालेलाई मधेश विरोधी भनी असली मधेशका प्रतिनिधी भन्नेहरु यस्तो समस्या पर्दा कता गए ?’

डुवान पीडितलाई एमालेले मंगलबार टेण्ट, म्याटेस, झुल, वर्षाती, ७ सेट लुगा, ५ केजी चामल वितरण गरेको छ । एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण यादव, पार्टी पोलिटव्युरो सदस्य रामपित पासवान, नागेन्द्र चौधरी र युवा संघ नेपालका अध्यक्ष राजिव पहारी, अखिलका अध्यक्ष नविना लामाले करिब ४० लाख बराबरको राहत वितरण वितरण गरे ।

राहत वितरण गर्न सप्तरी पुगेको युवा संघ नेपालको केन्द्रीय टोलीमा संघका महासचिव किरण पौडेल, सचिव माधव वास्तोला, सचिवालय सदस्यहरु संजिव झा, निरन्जन झा, केन्द्रीय सदस्य वज्रकिशोर मण्डल र अनेरास्ववियुका उपाध्यक्षहरु महेश बर्ताैला, सुनिता वराल, रश्मि आचार्य, महासचिव ऐन महर, सचिवहरु आरसी लामिछाने, समिक वडाल लगायत थिए ।