9 Ashwin, 2074 | 25 September, 2017 Monday

तीतोपाटी डटकम-बिगतका बर्ष जस्तै कुवेतमा रहेका नेपाली साहित्यिक अनुरागिहरुको जमघटका साथ नेपाली साहित्य महासंघ कुवेतले आगामी  जुलाई १४ तारिक,२०१७ शुक्रबारका दिन आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्म जयन्ती मनाउने भएको छ।कुवेतको जिलिब स्थित रिदम हलमा आयोजना गरिने उक्त कार्यक्रममा भानुभक्तको जीवन सम्बन्धी तथा रामायण वा अन्य बिषयका साहित्यिक सामाग्रीहरु बाचन गरिने छ।

नेपाली साहित्य महासंघ कुवेतले नेपाली साहित्यमा रुची भएका कुवेतबासी सबै साहित्यिक मनहरुलाई कार्यक्रममा आ-आफ्नो साहित्यिक सामाग्रिहरुका साथ उपस्थित हुन अनुरोध गरेको छ भने महासंघले कार्यक्रमको संयोजक्त्वको जिम्मा राजेन्द्र बिरहीलाई दिएको छ।

यसै बिच आयोजकले कुवेतमा कृयाशिल सबै नेपाली संघ-संस्थाहरु,समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार,खेलाडी, कलाकार तथा नेपाली साहित्यमा रुची भएका सम्पूर्ण साहित्यिक सर्जकहरुलाई आ-आफ्नो साहित्यिक प्रस्तुतिहरुका साथ उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।

कार्यक्रमको बारेमा:-

मिति :-  १४ जुलाई २०१७,शुक्रबार-२०१७

समय:- दिनको १२ बजे

स्थान :- रिदम हल, जिलिब, कुवेत  

संपर्कका लागि:राजेन्द्र बिरही-६७७४९३६१, मनोज काफ्ले"मनसुन"-५१७६७३६४, अमर खड्का-९९३४८०१४