8 Bhadra, 2074 | 24 August, 2017 Thursday
भाग्य (लघुकथा)
2017-07-10 | तीतोपाटी डट कम
बसन्त थापा - एक जना साहुजी थिए । उनिसित धेरै सम्पत्ती थियो । साहुजी ले आफ्नी छोरीको विवाह एउटा ठूलो घर मा गरेका थिए तर छोरीको भाग्यमा सुख नहुनुको कारणले उनको श्रीमान जुवाडी ,जड्याँहा निस्कियो , जसबाट सबै धन समाप्त भयो ।
छोरीको यो हालत देखेर साहुनीले हरेक दिन साहुजीलाई भन्थिन कि, तपाईं दुनियाको मदत गर्नुहुन्छ तर आफ्नी छोरी समस्यामा हुँदा पनि उसलाई किन मदत गर्नुहुन्न ?"
साहुजीले भन्थे कि ,
" जब उनको भाग्य उदय हुन्छ , तब आपसेआप सबै मदत गर्नलाई तयार हुनेछन ।
एकदिन साहुजी बाहिर गएका थिए , त्यतिखेरै उनको घर मा ज्वाइँ आएछन ,
सासुले ज्वाइँ को आदर सत्कार गरिन् र छोरीलाई मदत गर्ने विचार उनको मनमा आएछ । उनले मोतिचुर को लड्डुमा सुन को असर्फी राखिदिइन् , ज्वाइँलाई टीका लगाएर विदा गर्ने समय मा पाँच किलो शुद्ध देशी घ्यु को लड्डुमा उनले सुन लुकाएर दिइन् ।
ज्वाइँ लड्डु बोकेर त्यहाबाट निस्किए ,उनले सोच्न थालेछ कि यति भारी वजन लिएर को हिड्छ ?* , बरु यसलाई मिठाइको पसल मा बेचिदिन्छु , पैसा पनि आइहाल्छ , उनले त्यो लड्डुको प्याकेट मिठाई पसलेलाई बेचिदिएर पैसा लिदै त्यहाबाट निस्कियो ।
उताबाट साहुजी आफ्नो कामबाट फर्किदा उनले सोच्यो कि घर को लागि मिठाई पसलबाट मोतिचुर को लड्डु लिएर जान्छु , "
उनले पसलेसित लड्डु माग्यो , मिठाइबालाले त्यही लड्डुको प्याकेट साहुजीलाई बेचिदियो ।
साहुजी लड्डु लिएर घर आयो , साहुनीले जब लड्डुको प्याकेट हेरिन् उनले त्यो प्याकेटलाई फोडेर देख्दा सुनहरु जस्ताको तस्तै थियो , उनले आफ्नो टाउको पिट्न थालिन् ,
साहुनी ले साहुजीलाई शुरुदेखी अन्त्यसम्म को जम्मै नालेबेली सुनाइन् ।
साहुजीले भने - भाग्यवान ! मैले पहिले नै सम्झाएको थिए कि अहिले उनको भाग्य जागेको छैन , हेर्यौ ! त्यो सुन न त ज्वाइँ को भाग्यमा थियो न त त्यो मिठाई बेच्नेको भाग्यमा नै "
त्यसैले भनिन्छ कि " भाग्यभन्दा धेरै र समय भन्दा पहिले न कसैले पायो न त पाउने नै छ  ।"
" जे भाग्यमा छ त्यो भागेर पनि आउँछ , जे भाग्यमा छैन त्यो आएर पनि भाग्छ "
त्यसैले ईश्वरले जति दिएको छ त्यसमा सन्तुष्ट गर्नुस ।
* पिङ जति पछाडी जान्छ ठिक त्यही अनुपातमा अगाडि पनि आउँछ बराबर ,
यसप्रकारले सुख - दुख पनि जिन्दगीमा बराबर आउँछ ।
जिन्दगीको पिङ पछाडी गयो भने नआत्तिनुस त्यो अगाडि पनि आउँछ , ""
दिमाग जति नै तेज होस तर नसिब बिना जित्न सक्दैन , बिरबल बुद्धिमान भएको बाबजुद पनि कहिल्यै बादसाह बन्न सकेन ।