8 Bhadra, 2074 | 24 August, 2017 Thursday


तीतोपाटीडटकम- दायित्वहरू पूरा गर्न सक्नेछौं र स्वाधीनताको संरक्षण गर्न समेत सक्षम हुनेछौं। 

 भयौं भने हामीले हाम्रो अधिकार प्रयोग गर्न जान्दछौं, हाम्रो दायित्वहरू पूरा गर्न सक्नेछौं र स्वाधीनताको संरक्षण गर्न समेत सक्षम हुनेछौं। 


एउटा सशक्त नेपाली सँग मात्र ठीक-बेठीक छुट्याउन सक्ने विवेक, नैतिक अनुशासन एवं मुलुकको विकास गर्ने क्षमता हुन्छ।नेपाली बन्नु भनेको नै जिम्मेवारी बोक्ने नेपाली बन्नु हो। जबसम्म नागरिकहरु जिम्मेवार हुदैनन् तबसम्म यो देश शान्त र समृद्ध कदापि हुने छैन।हामी प्रतिबद्द विवेकशील सोच बोकेका नेपाली हौं जो देशको बिग्रदो अवस्था र त्यसको मूल कारणबाट मुक्ति पाउन  कम्मर कसेर लागेका छौं। हामी वक्ता होइनौं, कर्ता हौं – त्यसैले हामी मूल्य र मान्यताका बारेमा लेख्ने र फलाक्ने मात्र गर्दैनौं बरु त्यसलाई व्यवहारमै उतार्छौं। हामी आफ्नो देश र देशबासीको उन्नत भविष्यको निर्माण गर्न तत्पर युवा हौं जोसँग उच्च अनुशासन, मनोबल, क्षमता, नैतिकता, दूरदृष्टि र चुस्त संगठन छ। हामी यो देशको वर्तमान र भविष्य दुवै हौं!जिम्मेवार नागरिक र जवाफदेही नेतृत्ववर्ग मिले मात्र शान्त र समृद्ध नेपाल बन्छ । विचार तथा धारणाहरू भिन्न हुन सक्दछन् तर यदि कार्यान्वयन गर्ने तरिका विवेकशील हुने हो भने जुनसुकै बाटोबाट अगाडि बढे पनि शान्त र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ।नेपाललाई समृद्ध बनाउन शान्ति र स्थिरता कायम गर्ने उत्तरदायी र विवेकशील नेपाली युवा अगुवाहरु चाहिएको छ।जसले जति धेरै प्रयास गर्छ उसले त्यति नै धेरै नयाँ कुरा सिक्दछ त्यसैले प्रयासलाई निरन्तरता दिनुहोस् असम्भव भन्ने कुरा केही छैन।