9 Ashwin, 2074 | 25 September, 2017 Monday

तीतोपाटी डटकम - अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशको २३ वर्षमुनिको टिमसँग हुने मैत्रीपूर्ण फुटबलको सबै तयारी पूरा भएको जनाएको छ ।आगामी मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलका लागि सबै तयारी पूरा भएको एन्फाले बुधबार जनाएको हो । अहिले २८ जना खेलाडी प्रशिक्षणमा रहेपनि प्रशिक्षक राजुकाजी शाक्यले बंगलादेशसँग खेल्ने अन्तिम २३ जनाको नाम टुंगो लगाउने छन् ।

२३ वर्षमुनिको एशिया कप फुटबलको छनौट खेलको तयारी स्वरुप बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल हुन लागेको हो । नेपाल रहेको समूह डीको छनौट खेल १५ दिन पछि युएईमा हुने छ । नेपाल रहेको समूहमा घरेलु टोली युएईसहित उज्वेकिस्तान र लेबनन छन् ।