8 Bhadra, 2074 | 24 August, 2017 Thursday
समाजसेवी कस्तालार्इ भन्छन् ?
2017-06-24 | तीतोपाटी डट कम

अारबी खड्का - समाजसेवा भनेको समाज र मानवको लागी गरिने निस्वार्थ सेवा हो । नेपाली समाजसेवी  भने बाहिरी आवरणमा समाजसेवाको प्रचार गराउने र भित्र पृष्ठभूमिमा आफ्ना स्वार्थहरु पुरा गराउने कुचेष्टाहरु नेपाली समाज  देश विदेशमा  विकराल बन्दै गएपछि अहिले स्वच्छ मन भएका समाजसेवीहरु समेत ओझेलमा परेका छन् ।


दलाल, तस्कर र भ्रष्टचारीहरुलाई विभिन्न औपचारिक कार्यक्रममा समाजसेवी भन्दै सम्मान र स्वागत गर्न थालेपछि भने समाजले पाउने निस्वार्थ भावनाका मानिसहरु पछाडि धकेलिएका छन् । गलत धन्दा र व्यवसाय सञ्चालन गरी आर्जन गरेको धन दुई चार हजार सार्वजनिक कार्यक्रमहरुमा खर्च गरिदिएर समाजसेवी बनाउने चलन नेपाली समाजमा व्यापकता पाउँदा, सार्वजनिक सरोकारको विषय उठान गर्नेहरु अहिले ओझेलमा परेको देखिन्छ ।

 यस्तो खालको  सामाजिक दलालको बिगबिगीले  समाजमा बिकास होइन नदेखिने गरी समाजलाई कैंसर जस्तो बिकराल रोग हुने छ । समयमा नै उपचार गरौ ।