7 Mangshir, 2074 | 23 November, 2017 Thursday
बिमला पण्डित -  नेपाल सरकारले घरेलु कामदारलार्इ खाडी मुलुकहरूमा जान सामाजिक सुरक्षाको दृष्टिले उपयुक्त नरहेको भनि वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । नयाँ अ।उने मात्र होइन, छुट्टीमा गएकाहरूलार्इ समेत श्रम स्विकृति नदिइ विदेश अ।उन अंकुश लगाएको छ । हाम्रा नेपाली दिदीबहिनीहरु फेरी पनि घरेलु कामदार(खदामा)को रूपमा खाडी मुलुकमा ओइरिरहेका छन् । त्यो पनि गैरकानूनी तरिकाबाट भारत र श्रृलंकाको बाटो हुँदै खाडी मुलुक छिरिरहेका छन् । यसरी गैरकानूनी तरिकाले महिलाहरूलार्इ विदेश अ।उन बध्य बनाउने र लुकाइ छिपाइ  भारतको बाटो हुँदै पठाउने को ? 

वास्तवमा  मैले यस विषयमा धेरै कुराहरु पढें  दुखका कुराहरु सुने देखें र भोगे पनि । कुनै पनि नेपाली नारी पराइको भूमिमा रहरले त पक्कै आउँदैनन् होला । कोही विदेश अ।उने बित्तिकै अस्पतालको वेडमा पुगेका छन्, कोही विदेश अ।एको १०-१२ दिनमै अ।त्महत्या गर्न वाध्य भएका छन् । कोही अ।एको २-३ महिनामै गर्भवती भएका छन्, कसैलार्इ शारीरिक र मानसिक यातना दिएका खबर सुनीराखिएको छ । कति त विदेशका अस्पतालका शवगृहहरूमा वेवारिसे शवका रूपमा अझै पनि रहिरहेका छन् । यति हँदा हुँदै पनि किन नेपाली महिला दिदीबहिनीहरू असुरक्षित रहेको वैदेशिक रोजगारीमा अ।इरहेका छन् त !

यसमा अ।श्चर्य मान्नु पर्ने अबस्था नै छैन । सबैको आ-आफ्नै भोगाइ र दुःखाइले दुःखेको घाउहरुमा  थोरै मलहम लागाउन अनि, बालबच्चाको राम्रो शिक्षा, दिक्षा तथा पालनपोषण तथा परिवारको अार्थिक बोझ कम गरार्इ परिवारजनलार्इ समपन्न बनाउन र आफ्नो आय आर्जन गर्न पुरूषसँग हातमा हात र काँधमा काँध मिलार्इ वैदेशिक रोजगारीमा अ।इरहेका छन् । तर खदामा पदमा दमन, शोषण, हेपाइ र अत्याचार ब्यहोर्नु परेको समाचार बर्षै देखी  सुन्दै पढ्दै र भोगाइको पात्रहरुले भोग्दै आइरहेका छ्न । सरकारले जुनसुकै कानून लगाए पनि र विदेश अ।उनेहरू जति नै पीडित भएका खबरहरू सार्वजनिक भए पनि किन जन्मभूमि छोडेर बिदेशिनेको लहर रोकिएको छैन त ? विदेश अ।उन बाध्य हुने शुरुवात कहाँ बाट भएको छ त ?  

 हाम्रो आफ्नै परिवार र समाजबाट यसको उद्गम भएको छ । आजको जस्तो शिक्षित समाजमा छोरा र छोरी बराबरी रूपमा शिक्षित भएको भएता पनि अपवादमा कयौ बिकट जिल्लाहरुमा अझै छोरीहरुलाई साक्षर मात्र गराएर बिवाह गरिदिइन्छ । सबैको भाग्यमा कहाँ सु:ख मात्र हुन्छ र  जिन्दगी मा अकल्पनीय घट्नाले पनि भाग लिएर जीवनसँग जोडिन आउँछ । यो जोड र घटाउको क्रममा आफ्नो भूमिका निभाउनै पर्‍यो । त्यसका लागि पुरूष सरह श्रम मजदुरी गर्नै पर्यो । अब शिक्षितले त रोजगारी पाउन नसक्ने हाम्रो मुलुकमा अशिक्षितले त रोजगरी पाउने, श्रम बेचेर परिवारको उन्नति प्रगति गर्न सक्ने कुरा त भएन । त्यसो भए पछि वैदेशिक रोजगारीमा जान त बाध्य हुनै पर्यो । बुढेसकालमा पुगेका बाबुअ।मा अनि सानो बाच्चा छोडेर भए पनि बिदेशिनै पर्यो । त्यसकारण सर्व प्रथम त छोरा सरह छोरीलार्इ पनि शिक्षित बनाउनु पर्यो । समाचारमा यस्तो उस्तो कथा र व्यथाको  पिडाको समाचार पढेर हामी दु:खी हुनु भन्दा यो दु:खको कहानी सृजना हुन नदिन घर परिवारबाट नै छोरीलाई शिक्षित गराउनु पर्‍यो । यसका लागि समुदायले प्रमुख भूमिका खेल्नु पर्यो । समाजभित्रका सामाजिक अभियन्ता र समाजसेवीहरूले पुरूष र महिलामा भेदभाव गर्न भएन । समान अवसर मात्रै नभएर त्यस भन्दा एक कदम अगाडि बढेर छोरीका लागि अ।रक्षण समेत हुनु पर्यो । सरकारले पनि विपन्न, दलित, उत्पिडित परिवारका महिलाहरू, एकल महिलाहरू, बिधवा महिलाहरू अनि श्रीमानले दोस्रो बिवाह गरी पीडित भएका महिलाहरुलाई विशेष व्यवस्था गरोस । रूढीवादी सँस्कार र सामाजिक स्थितिलार्इ सुधार गरी जन-चेतना जगाउने प्रकृतिका महिला लक्षित कार्यक्रमहरू ल्याउनु पर्यो । अनी बिधवा, एकल नारीलाई स्वदेशमै रोजगारिको व्यवस्था र बहु-बिवाहमा कडा कानुनी सजाय हुनु पर्‍यो । यस्ता कुराहरुमा सरकारको  ध्यान हरेक परिवार टोल र गाउँ जिल्ला-जिल्लामा  छानविन हुने हो भने यहाँ कसैले भारतको बाटो  हुँदै खदामा पदमा हाम्रो दिदी बहिनिलाई बेच्न सक्दैन र सबै आमा, दिदीबहिनी र छोरी चेलीहरुले विदेशको आगनमा परदेशीको बच्चाको गोठालो बनेर बस्नु पर्दैन । यी यस्ता कुरामा सरकारको पुर्ण ध्यान जाओस ।