8 Bhadra, 2074 | 24 August, 2017 Thursday

तीतोपाटी डटकम- कला र गला भएका कलाकारलाई भौगोलिक रुपले छेक्दैन भन्ने कुरालाई प्रमाणित गर्दै कुवेतका चर्चित लोक गायक तथा लालीगुराँस सांस्कृतिक परिवार कुवेतका अध्यक्ष डिबी लोप्चनले कुवेतको स्टुडियोबाट महिलाहरुको बिशेष पर्ब तिज-२०७४का अबसरमा तिज बिषेश गीत रेकर्डिङ गरेका छन।

"फुलको डालीमा, मेरी सानु क्या राम्री देखिन्छन् कालो गाजल ओठको लालीमा, नजर कसैको नलागोस मेरी कालीमा" बोलको गीतमा डिबी लोप्चनलाई इन्दिरा शाही ठकुरीले स्वरबद्द गर्न सहयोग गर्ने छिन।

सरद पाण्डेको शब्द,बिश्वास नेपालको लय/एरेन्ज रहेको उक्त गीतलाई चाडै भिडियोलाईज गरेर बजारमा ल्याउने तथा उक्त गीतमा नयाँ स्वाद भएकोले दर्शक-श्रोताको मन जित्नेमा आफु विश्वस्त रहेको गायक डिबी लोप्चनले तीतोपाटीलाई बताए।

उक्त गीतले कति दर्शक-श्रोताहरुको मन जित्न सक्नेछ, त्यसका लागि भिडियो तयार भएर बजारमा आउनको लागि भने केही समय पर्खनु पर्ने छ।